पौष २६, २०८२ शनिबार- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार विभिन्न मुद्दाहरुमा लोकतान्त्रिक शक्तिहरुका साथ सहकार्य गर्न तयार रहेको बताएका छ। शनिवार केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले नेकपा एमाले निर्वाचनमा स्वस्थ प्रतिष्पर्धामा विश्वास राख्ने पार्टी भएको बताए। उनले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य नभइसकेको भन्दै लोकतन्त्र अझै संकटमा रहेको बताए। संविधान मिचिएको, जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार रहेको बताए। समाज अराजकता, निषेध र हिँसाको धम्कीबाट अझै पनि त्रस्त रहेको बताए। राष्ट्रिय एकता कमजोर हुँदै जाँदा वाह्य चलखेलको जोखिम बढेको बताए।











