Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

सुनाैलाे पाना  सुनाैलाे पाना
भदौ २५, २०७९
in FEATURE, समाचार
0
नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल
165
SHARES
Share on FacebookShare on Twitter

२०७९ भदौ २५ भक्तपुर- भक्तपुरको सुर्यबिनायकमा अवस्थित “अल्फा कोरियन भाषा स्कुल”ले २०२२ को कोरियन भाषा परिक्षामा उतिर्ण बिद्यार्थीहरुलाई बधाई तथा शुभकमना साथै नयाँ भर्ना भएका बिद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ।शुक्रबार सुर्यबिनायकको एक पार्टी प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रममा सभापतिको रुपमा अल्फा कोरियन भाषा स्कुलका प्रिन्सिपल उमेश श्रेष्ठ रहेका थिए। त्यस्तै प्रमुख अतिथिको रुपमा ‘एन प्याब्सन’ का सचिव अमृत खड्काको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा अल्फा कोरियन भाषा स्कुलका संस्थापक तस्बिर लामा,नेपाल राष्ट्रिय तामाङ घेदु संघका केन्द्रिय महासचिव प्रविन लामा,मोटीभेष्नल स्पिकर बिकास देव योञ्जनको उपस्थिति रहेको थियो।कार्यक्रममा अतिथिको रुपमा अल्फा कोरियन भाषा स्कुलका वरिष्ठ प्रशिक्षक श्याम खड्का,कुमार तामाङ,प्रशिक्षक शितल श्रेष्ठ,कार्यकारी व्यवस्थापक भोजु खड्का,संस्थापक सदस्य अल्फा लामा लगायत अन्य सामाजिक व्यक्तित्वको साथै परिक्षामा उतिर्ण बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि ‘एन प्याब्सन’ का सचिव अमृत खड्काले परिक्षामा उतिर्ण बिधार्थीहरुलाई शुभकामना दिदै कोरियामा गएर काम गर्ने मात्र नभई सिप सिकेर आउन समेत आग्रह गरेका थिए। रोजगारीकोलागि युवाहरु विदेश जानु दुखदायी अवस्था भए पनि विदेश गई सिकेको सिपलाई नेपाल आएपछि अरुलाई पनि सिकाउनुको साथै आफुले पनि फरक ढंगले व्यवसाय गर्न सक्ने र गर्नु पर्नेमा जोड दिए, ताकि भावी सन्तति रोजगारीकोलागि बिदेशिनु नपरोस साथै विदेशिने युवाहरुलाई पलायन नहुन समेत आग्रह गरे। भविष्यमा पनि यसरीनै कोरियन भाषाका बिद्यार्थीहरुलाई उतिर्ण गराउन अल्फा कोरियन भाषा स्कुललाई सफलताको शुभकामना ब्यक्त गरेका थिए।त्यस्तै कार्यक्रमका बिशेष अतिथि अल्फा कोरियन भाषा स्कुलका संस्थापक तस्बिर लामाले स्कुलको स्थापानाकालदेखि हालसम्म आईपुग्दाको अवस्थाबारे आफ्नो अनुभव ब्यक्त गरेका थिए। रोजगारीको सिलशिलामा आफु धेरै ठाउँमा भौतारिनु परेको र भारत,मलेशिया लगायत कतार जस्ता देशमा गई रोजगारी गरेको गरेको र कतिपय अवस्थामा आफु ठगिन पुगेको दुख समेत व्यक्त गरे,आफुले गरेको मिहेनत,संघर्ष र दुखलाई सम्झेर आफुले जस्तो दुख अरुले नपाउन भन्ने उद्देश्यले आफुले कोरियन र जापानिज भाषाकोलागि स्कुल स्थापना गरेको बताए। हालको अवस्थामासम्म आईपुग्दा आफुहरुले थुप्रै मिहेनत गरेको स्मरण गराए।परीक्षामा उतिर्ण भई कोरिया जान लागेका बिद्यार्थीहरुलाई कोरियामा गई सिप सिकेर आएपछि नेपालमा आफ्नो व्यवासय गर्नुको साथै अरुलाई पनि सिकाउन आग्रह गरे। कोरियन भाषा स्कुलको रुपमा अल्फालाई नेपालकै पहिलो स्थानमा पुर्याउने लक्ष्य राख्दै आफुहरु अगाडी बढेकोमा जोड दिए।बिशेष अतिथि नेपाल राष्ट्रिय तामाङ घेदु संघका केन्द्रिय महासचिव प्रविन लामाले कोरियामा गएर अनुशाशित ढंगले काम गर्न बिद्यार्थीहरुलाई आग्रह गरे अरुको देशमा जादा त्यहाको नीति नियम अनुशाशनमा काम नगर्दा भोलिको दिनमा आफैलाई समस्या आईपर्ने र नेपाल फर्कनु पर्ने अवस्था सिर्जना हुने भएकोले आफु काम गर्न बस्दाको समयावादीभर आफ्नो काम, कर्तब्य, नीति,नियम, अनुशाशनमा रहेर काम गर्न र नेपाल आई आफुले सिकेको सिप अरुलाई समेत प्रदान गरि नेपालमै रोजगारी सिर्जना गर्न समेत आग्रह गरे।मोटीभेष्नल स्पिकर बिकास देव योञ्जनले दिनहु यसरि हजारौंको संख्यामा नेपाली युवाहरु बिदेशिनु दुख कुरा रहेको बताए।आजको बाध्यात्मक अवस्थालाई आत्मास्थ गर्दै बिदेशी भूमिमा कामको साथै सिप सिकेर नेपाल फर्कन र नेपाल आएपछि अरुलाई पनि सिपको ज्ञान र तालिम प्रदान दरि नेपालमै रोजगारीको सिर्जना गर्न उपस्थित बिद्यार्थीहरुलाई आग्रह गरे जसले भावी दिनहरुमा युवाहरु बिदेशिनु अवस्थालाई रोक्न महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए। युवाहरु देशको उर्जा रहेको यसरि देशको उर्जा बेचिनु अत्यन्तै दुखद अवस्था रहेकोमा जोड दिए। साथै बैदेशिक रोजगारीको समस्यालाई रोकथाम गर्नकोलागि बालेन शाह जस्तै युवाहरु नेतृत्व तहमा आउनुपर्नेमा समेत जोड दिए।अतिथिको रुपमा उपस्थित अल्फा कोरियन भाषा स्कुलका वरिष्ठ प्रशिक्षक श्याम खड्काले आफुहरुको अथक मिहेनत र परिश्रमले अल्फा कोरियन भाषा स्कुललाई आजको स्थानसम्म ल्याईपुराउन सफल भएको बताए। अल्फा कोरियन भाषा स्कुललाई नेपालकै पहिलो र गुणस्तर शिक्षा प्रदान गर्ने स्कुलको रुपमा स्थापति गर्नकोलागी आफुहरु हरदम लागि परेको र लागि पर्ने बताए साथै परिक्षामा उतिर्ण सम्पूर्ण बिधार्थीहरुलाई शुभकामना दिदैआफ्नो उज्ज्वल भविष्यकोलागि आफ्नो घर परिवार र देश छोडेर जानुको पीडालाई आत्मासाथ गर्दै कोरियामा रोजगारीको समयावधिमा रहदा सिप सिकेर दक्ष भई भविष्यमा नेपाल आएर अरुलाई समेत सिप प्रदानगरि नेपालमै रोजगारीको स्थापना गर्न आग्रह समेत गरे।त्यस्तै अल्फा कोरियन भाषा स्कुलका अर्का वरिष्ठ प्रशिक्षक कुमार पाख्रिनले बिधार्थीहरुलाई कोरियामा गई रोजगार गर्ने मात्रै नभई आफु दक्ष बन्न समेत आग्रह गरे जसरि कलममा मसि सकेपछि त्यो कलम काम नलाग्ने हुन्छ तर कलम चलाउने हात सधै रहिरहन्छ त्यसरीनै आफुहरु कलम नभई कलम चलाउने हात बन्नकोलागि उपस्थित बिद्यार्थीहरुलाई प्रोत्सहित गरे। साथै कुनै पनि बस्तु आकर्षक देखिन त्यो बस्तुमा निखारता आउन जरुरि भए जस्तै अरुको अगाडी आफुहरु पनि दक्ष,अब्बल र सक्षम देखिनकोलागी आफुमा निखारता ल्याउन मिहेनत र परिश्रम गर्नु पर्नेमा जोड दिनुपर्नेमा उपस्थित बिधार्थीहरुलाई ध्यानाकर्षित गराए।कार्यक्रमका सभापतिको रुपमा रहेका अल्फा कोरियन भाषा स्कुलका प्रिन्सिपल उमेश श्रेष्ठले स्वागत मन्तब्य राख्दै दक्षिण कोरियाले नेपालीलाई प्रदान गरेको रोजगारीको अवसरलाई सहि उपयोग गरि कोरिया जाने तयारीमा रहेका बिधार्थीहरुले रोजगारकोलागि जाने मात्रै नभई जीवन उपयोगी सिप सिक्न समेत आग्रह गरे। कुनै बेला भोकमरी समस्यामा परेको दक्षिण कोरिया मिहेनत,परिश्रम र लगनशीलताले आजको स्थान सम्म आईपरेको र नेपालीहरुले कोरियामा रोजगारकोलागि जाने मात्रै नभई आफुहरुले अथक मिहेनत,परिश्रम गरि भविष्यमा कोरीया जस्तै विकसित देशको रुपमा चिनौनको निम्ति महत्वपुर्ण भूमिका निभाउनुपर्नेमा जोड दिए।साथै कार्यक्रममा उपस्थित बिधार्थीहरु मध्ये उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीले कोरियन भाषा सिक्नकोलागी अल्फा कोरियन भाषा स्कुललाई छनोट गरेर ठिक गरेर आज आफु सहित हजारौंले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए।साथै आगामी दिनमा कोरिया जाने सोच बनाएका व्यक्तिहरुलाई कोरिया भाषा सिक्नकोलागी अल्फा कोरियन भाषा स्कुलनै उपयुक्त गन्तब्य रहेको र यसैलाई रोज्न समेत आग्रह गरे।

कार्यक्रममा उपस्थित परिक्षामा उतिर्ण बिद्यार्थीहरुलाई प्रमाण र प्रमुख अतिथ, बिशेष अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

Previous Post

संघ र प्रदेशको निर्वाचनमा रामेछाप नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधिको नाम सिफारिस, कसले मार्ला बाजी ?

Next Post

“गाल्पा लाईफ केयर क्लिनिक प्रा.लि.” मा असोज १ गते महिलाहरुको बिशेष स्वास्थ्य परिक्षण हुने

सम्बन्धितपाेस्ट

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)
FEATURE

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

मंसिर २५, २०८२
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
FEATURE

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

मंसिर २५, २०८२
मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान
FEATURE

मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मंसिर २५, २०८२
Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो
FEATURE

Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

मंसिर २५, २०८२
FEATURE

मंसिर २५, २०८२
एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै
FEATURE

एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

मंसिर २५, २०८२
Next Post
“गाल्पा लाईफ केयर क्लिनिक प्रा.लि.” मा असोज १ गते महिलाहरुको बिशेष स्वास्थ्य परिक्षण हुने

"गाल्पा लाईफ केयर क्लिनिक प्रा.लि." मा असोज १ गते महिलाहरुको बिशेष स्वास्थ्य परिक्षण हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

मंसिर २५, २०८२
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

मंसिर २५, २०८२
मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मंसिर २५, २०८२
Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

मंसिर २५, २०८२

मंसिर २५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    253 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist