१३ बैशाख २०७९ काठमाण्डौ- रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारहरुको उम्मेदवारी दर्ता सम्पन्न भएको छ। जस अन्तर्गत सुनापति गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा ठुलो कान्छ तामाङ, उपाध्यक्षमा गीता बिष्ट चौलागाईं, वडा न. १ बाट वडा अध्यक्षमा चण्डेश्वर चौलागाईं,वडा न.२ को वडा अध्यक्ष्यमा पदम थापा मगर,वडा न.३ मा कुल बहादुर थिङ, वडा न.४ बाट डण्डुप लामा, वडा न. ५ बाट चित्र बहादुर मानन्धरले आफ्नो उममेदवारी दर्ता गराएका हुन।सोमबार निर्वाचन आयोगमा गई नेकपा (माओवादी केन्द्र) का उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन।नेकपा (माओबादि केन्द्र) का उम्मेदवारहरुको उम्मेदवारी दर्ताको क्रममा बाजा गाजासहित नेता कार्यकर्ता लगायत हजारौँको संख्यामा स्थानीयको उपस्थिति रहेको थियो। उम्मेदवारी दर्ता सँगै २०७४ चुनावबाट निर्वाचित वडा अध्यक्ष समेत रहेका हाल सुनापति गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएका ठुलोकान्छा तामाङले आफु वडा अध्यक्ष हुदा घोषणा पत्रमा उल्लेख गरेको र अन्य थप कार्यहरु पनि सम्पन्न गर्न सफल भएको र जनताले आफुलाई गाउँपालिका अध्यक्षमा रहेर काम गरेको हेर्न चाहेको बताउदै आफुले समग्र सुनापति गाउँपालिकाको विकासको निम्ति अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको र जनताले अत्यधिक मत दिएर आफुलाई बिजयी गराउनेमा आफु ढुक्क रहेको बताए। (ठुलो कान्छा तामाङ(सुनापति गाउँपालिका अध्यक्ष,उम्मेदवार) सुनापति गाउँपालिका, रामेछाप)
त्यसै गरि २०७४ मै निर्वाचित पालिका उपाध्यक्ष गीता बिष्टले भने पुन: उपाध्यक्ष पदमै उम्मेदवारी दर्ता गराएकी छिन गत निर्वाचन पश्चात ५ बर्षको समयावधिमा आफुले महिला हक्त अधिकारको साथै आम सुनापतिबासीको हित अनुरुप कार्य गरेको र जनताले फेरी पनि आफुलाई नै उपाध्यक्ष पदमा रहेर काम गरेको हेर्न चाहेकोले आफुले जनताको ईच्छा अनुसारनै पुन: उपाध्यक्ष पदमै उम्मेदवारी दर्ता गरेको सुनौलोपानालाई जानकारी गराईन।साथै आफुले कामलाई निरन्तरता दिनकोलागि र समग्र सुनापतिबासिको हक हित र अधिकारकोलागी आफुलाई समर्पित गराउने प्रतिबद्दता समेत ब्यक्त गरिन।
(गीता बिष्ट चौलागाईं (सुनापति गाउँपालिका उपाध्यक्ष,उम्मेदवार) सुनापति गाउँपालिका, रामेछाप)
२०७४ को निर्वाचनमा निर्वाचित वडा अध्यक्ष चण्डेश्वर चौलागाईंले पनि फेरी वडा १ को वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दोहोर्याई उम्मेदवारी दर्ता गराएका छन।५ बर्षको कार्यकालमा आफुले प्रत्यक जनताको मनमुटुमा बस्न सफल हुनेगरी काम गरेको र त्यसकै निरन्तरताकोलागि समग्र वडाबासीले आफुलाई नै पुन वडा अध्यक्षमा उठ्न हौसला प्रदान गरेको बताउदै समग्र वडावासीको हित अनुसारको कार्य गर्नको निम्ति आफुले वडा अध्यक्ष पदमा पुन: उम्मेदवारी दर्ता गरेको सुनौलोपानालाई बताए।आफुले बिगतमा गरेको कामको सहि मुल्यांकन गर्दै फेरी पनि जनताले अत्यधिक मत दिएर बिजयी गराउनेमा आफु बिश्वस्त रहेको समेत बताए। जसकोलागी आफु जनताको घर घर गएर भोट माग्न आवश्यक नरहेको र आफुले गरेको काम मुल्यांकन गर्दै भारि मतले आफु बिजयी हुनेमा ढुक्क रहेकोमा जोड दिए।
(चण्डेश्वर चौलागाईं (वडा अध्यक्ष उम्मेदवार)वडा न.१ सुनापति गाउँपालिका, रामेछाप)
त्यस्तै वडा न. २ बाट उम्मेदवारी दर्ता गराएका पदम थापा मगरले भने आफु युवा उम्मेदवार रहेको र आफुले समग्र युवा लगायत वडाबासीको हित अनुरुपको कार्य गर्न तत्पर रहनुकोसाथै वडावासीले आफुलाई जिताउनेमा ढुक्क रहेको बताए। (पदम थापा मगर (वडा अध्यक्ष उम्मेदवार)वडा न.२ , सुनापति गाउँपालिका, रामेछाप)
वडा न ३ बाट उम्मेदवार दर्ता गराएका कुल बहादुर थिङले समग्र वडाको विकास निर्माणलाई निरन्तरता दिनुकोसाथै थप विकासका योजनाहरु अगाडी बढाउने र त्यसकालागि आफु जित्नेमा ढुक्क रहेको समेत बताए। (कुल बहादुर थिङ्ग (वडा अध्यक्ष उम्मेदवार)वडा न.३, सुनापति गाउँपालिका, रामेछाप)
त्यसैगरी वडा न. ४ बाट उम्मेदवारी दर्ता गराएका डाण्डुप लामाले भने आफुले पार्टीमा रहेर पनि आम नागरिकको हक हितको निम्ति लागिपरेको र पार्टीले त्यसको मुल्यांकन गर्दै आफुलाई टिकट प्रदान गरेको र आफ्नो जित निश्चित रहेको बताए। (डण्डुप लामा (वडा अध्यक्ष उम्मेदवार)वडा न.४ , सुनापति गाउँपालिका, रामेछाप)
नेकपा (माओवादी केन्द्रबाट) वडा न. ५ को वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका चित्र बहादुर मानन्धरले पार्टीले दिएको निर्देशनलाई शिरोपर गर्दै समग्र वडावासीको हितकोलागि लागि पर्नेमा आफु प्रतिबद्द रहेको र त्यसकोलागि आफुले जित्नेमा ढुक्क रहेको सुनौलोपानालाई बताए।
(चित्र बहादुर मानन्धर (वडा अध्यक्ष उम्मेदवार) वडा न.५ , सुनापति गाउँपालिका, रामेछाप)
२०७४ सालको निर्वाचनमा सुनापति गाउँपालिकामा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष लगायत पाचँ वटै वडामा मओवादी केन्द्रले जित हासिल गरेको थियो भने आउदै गरेको स्थानीय चुनावमा पनि सिङ्गो पालिकामा मओवादी केन्द्रलेनै एकलौटी जित हासिल गर्ने तयारीमा आफुहरु अहोरात्र लागिपरेको उम्मेदवारहरुले सुनौलोपानालाई बताए।आगामी स्थानीय निर्वाचनमा सुनापति गाउँपालिकामा नेकपा (मओवादी केन्द्र) ले कुनै पनि राजनीतिक दलसँग गठबन्दन नगरी एक्लै जनतामाझ जाने तयारी गरेको र समग्र सुनापतिवासीले आफुहरुलाई अत्यधिक बहुमतले बिजयी गराउनेमा आफुहरु ढुक्क रहेको समेत बताए।