मंसिर २९,२०७९ बिहिबार रामेछाप-रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले सुनापति गाउँपालिकाका वडा न.५ का स्थानीय ७१ वर्षीय बृद्द कलम बहादुर तामाङको घरभित्र दलबल सहित प्रवेश गरि कलम बहादुर तामाङलाई कुटपिट गरेको भन्ने समाचार बाहिरीए पछि यतिबेला यो गम्भीर बिषय बन्न पुगेको छ।
गत मंसिर २८ गते बुधबार बिहान गाउँपालिकाका अध्यक्ष तामाङले कलम बहादुर तामाङलाई ज्यानै मार्ने उद्देश्यले कुटपिट गरेको भन्ने समाचार एक अनलाईनले लेखे सँगै हामीले यस घट्ना बारे सत्य तथ्य बुझ्न गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङलाई सम्पर्क गर्दा बिगतका दिनहरुदेखि नै कलम बहादुर तामाङले आफूमाथि विभिन्न गालिगलोज गर्दै आएको र बुधबार भेट गरि कुरा गर्दै गर्दाको क्रममा भनाभनको अवस्था सृजना भएको तर आफुले कलम बहादुर तामाङलाई हातपात नगरेको बताएका छन।
आफुले कुनै पनि तवरले कुटपिट नगरेको र सामन्य विवादलाई लिएर नियोजित तरिकाले आफ्नो बदनाम गराउन खोजिएको बताए। साथै यस घट्नाबारे आफुलाई लगाईएको आरोप बारे सम्बन्धित व्यक्तिले खण्डन गर्नु पर्ने अध्यक्ष तामाङले बताएका छन।घट्ना बारे कलम बहादुर तामाङले भने बुधबार बिहान करिब ७:४५ बजेको हाराहारीमा आफू घर भित्र बसिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ आफ्नो घर भित्र छिरेर एक्कासी आफुलाई घाँटी न्याकी कुटपिट गरेको बताएका छन।
यस घट्ना बारे थप अपडेट हामी गरिरहने छौ।