११ बैशाख २०७९ काठमाण्डौ- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत ठुलोकान्छा तामाङलाई टिकट प्रदान गरिएको छ।तामाङले २०७४ सालको चुनावमा माओवादी केन्द्रबाटै सुनापति गाउँपालिका वडा न. ५ को वडा अध्यक्षमा बिजयी भई ५ बर्षे कार्यकाल सकिसकेका छन।आफु वडा अध्यक्ष हुदाको समयमा जनभावना अनुरुप जनताको हित अनुसारको कार्य गरेर जनताको मन मुटुमा बस्न सफल भएको र पालिका अध्यक्षको टिकट पाउदा आफुमा थप जिम्मेवारी थपिएको महसुस भएको तामाङले सुनौलोपानालाई बताए।जनताले बिश्वास गरेर आफुलाई गाउँपालिकाको अध्यक्षमा जिताउनेमा आफु बिश्वस्त रहेको समते तामाङले बताए। वडा अध्यक्ष हुदाको कार्यकाल भन्दा गाउँपालिकाको अध्यक्षमा जितेर गर्ने कार्यमा अवसर र चुनौती बढी रहेको र यसलाई आत्मासाथ गर्दै समग्र सुनापतिको विकासकोलागि अहोरात्र लागि पर्न आफु तत्पर रहेकोमा तामाङले जोड दिए।