बिहिवार, पुस ३, २०८२-काठमाडौँ-महाकवी लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दीरमा जान्छौ यात्री’ भन्ने शव्दको पृष्ठभूमीको गीतमा काठमाडौंका मेयर बालेन शाहको नयाँ र्याप राखेर फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीतले २४ घन्टामा दर्शकको नयाँ रेकर्ड कायम त गरेको छ नै, यसबाहेक यसले धेरैलाई भावुक बनाएको प्रतिक्रिया आएका छन्।
बालेनको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले मानिसको भावनात्मक संवेदनाको प्रकट प्रतिक्रियामार्फत मात्र गरिरहेको छैन, कतिपय राजनीतिक प्रभावका आधारमा पनि टिप्पणी भएका छन्।
यो समाचार तयार पार्दासम्म यस गीतलाई संसारभर झन्डै १४ लाख जनाले हेरिसकेका छन् भने बालेनको च्यानलमा १४ हजार बढी प्रतिक्रिया पनि देखिएको छ।
पुस ४ गते रिलिज हुन लागेको फिल्मको गीतलाई मन पराउनेहरुले ‘म एउटा बुवा आफ्नो परिवारको निम्ति बिदेशमा छु। आज धेरै पछि बालेनजि को गीतले मर्माहित बनायो। आँखा नै रसायो’ भन्नेदेखि प्रकारान्तरका प्रतिक्रिया छन्।
एक जनाले लेखेका छन्,‘सबैले आमाको लागि गीत निकाल्ने चलन रहँदै आएको छ तर बालेन सरले बुवाको बारेमा गीत निकाल्नु भएकोमा विशेष धन्यवाद दिन चाहन्छु। यो गीतले बुवाको मौन संघर्ष, नबोलिने माया र जीवनभरको जिम्मेवारीलाई सुन्दर रूपमा प्रस्तुत गरेको छ।’
भिडिओ
काठमाडौं– महाकवी लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दीरमा जान्छौ यात्री’ भन्ने शव्दको पृष्ठभूमीको गीतमा काठमाडौंका मेयर बालेन शाहको नयाँ र्याप राखेर फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीतले २४ घन्टामा दर्शकको नयाँ रेकर्ड कायम त गरेको छ नै, यसबाहेक यसले धेरैलाई भावुक बनाएको प्रतिक्रिया आएका छन्।
बालेनको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले मानिसको भावनात्मक संवेदनाको प्रकट प्रतिक्रियामार्फत मात्र गरिरहेको छैन, कतिपय राजनीतिक प्रभावका आधारमा पनि टिप्पणी भएका छन्।
यो समाचार तयार पार्दासम्म यस गीतलाई संसारभर झन्डै १४ लाख जनाले हेरिसकेका छन् भने बालेनको च्यानलमा १४ हजार बढी प्रतिक्रिया पनि देखिएको छ।
पुस ४ गते रिलिज हुन लागेको फिल्मको गीतलाई मन पराउनेहरुले ‘म एउटा बुवा आफ्नो परिवारको निम्ति बिदेशमा छु। आज धेरै पछि बालेनजि को गीतले मर्माहित बनायो। आँखा नै रसायो’ भन्नेदेखि प्रकारान्तरका प्रतिक्रिया छन्।
एक जनाले लेखेका छन्,‘सबैले आमाको लागि गीत निकाल्ने चलन रहँदै आएको छ तर बालेन सरले बुवाको बारेमा गीत निकाल्नु भएकोमा विशेष धन्यवाद दिन चाहन्छु। यो गीतले बुवाको मौन संघर्ष, नबोलिने माया र जीवनभरको जिम्मेवारीलाई सुन्दर रूपमा प्रस्तुत गरेको छ।’
भिडिओ
झरीपछिको इन्द्रेणी हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको फिल्म हो।
ट्रेलरमा भ्रष्टाचार र बेथितिविरुद्धको अवाज उठाइएको छ। नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यसै फिल्मबाट अभिनेता गणेश उप्रेतीले लामो समयपछि कमव्याक गर्दैछन्।
फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ।
ट्रेलर












