शुक्रवार २५ पुस २०८२ काठमाडौं- गत पुस २३ गते दिउँसो करिब ४ बजे तिर रामेछाप जिल्लाको दोरम्बा-शैलुङ गाउँपालिका वडा न.७ घट्टेखोला काकलिङ डाँडा सडक मर्मत गर्ने कार्य हुदै आउने क्रममा आफ्नो जग्गा नजिक आएपछि सडक निर्माण गर्ने कार्यले आफ्नो जग्गालाई मात्रै नोक्सान हुने गरी खन्न सुरु गरेपछि ४२ बर्षिय सलाम मोक्तानले तपाईहरुले यसरि एकतर्फीको जग्गा मात्रै च्यापेर सडक खन्न मिल्दैन दुवै पक्षको बराबर हुने गरि बीचबाट सडक खन्नुपर्छ भन्ना साथ दोरम्बा शैलुङ गाउँपालिका वडा न.७ घट्टेखोलाका ३७ बर्षिय कुन्साङ भन्ने दिल बहादुर मोक्तानले एक्कासी पछाडीबाट फलामको रडले सलामलाई टाउकोमा प्रहार गरे त्यसपछि सलाम भुईमा ढले।
भुईमा ढलेका सलामलाई दोरम्बा शैलुङ गाउँपालिका वडा न.७ लखनपुर घट्टे खोला बस्ने ६० बर्षिय कामि भन्ने छेदोर्जे तामाङ,५० बर्षिय मानध्वज तामाङ,२२ बर्षिय काले तामाङले हातमा ढुंगा बोकी आज यसलाई मार्नुपर्छ भन्दै ढुंगाले पुन: प्रहर गरि सलामलाई बेहोस बनाएपछि उक्त स्थान आसपास भएका अन्य मान्छेहरुले “मान्छे मार्यो नि” भनि चिच्याएको आवाज सुनी घरमा रहेका ६६ बर्षिय नाम्गेल तामाङ र ३६ बर्षिय बिष्णु मोक्तान उक्त स्थानमा आई किन यसरि सलामलाई कुटपिट गरेको भनेर सोध्ना साथ यसलाई मात्रै हैन तिमीहरुलाई पनि आज मार्ने हो भनि धारिलो ढुंगा,लौरो र रडले नाम्गेल र बिष्णुलाई समेत प्रहर गरि रक्तमुछेल बनाए।
नाम्गेल र बिष्णु भुईमा ढलेपछि अन्य मानिसहरुले “यसरि मान्छे कुट्न पाइदैन खबरदार मान्छे मर्ला” भनेर हल्लाखल्ला गर्न थालेपछि दिल बहादुर मोक्तान,छेदोर्जे तामाङ,मानध्वज तामाङ,काले तामाङ फरार भएको र हालसम्ममा पनि सम्पर्कबिहिन छन।
घट्नाको सम्पूर्ण विवरणसहित खाँडादेवी गाउँपालिका वडा न.८ घर भएकी घाईते सलाम मोक्तानको बहिनि रिणा माया मोक्तानले जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दिएकि थीइन तर प्रहरीले हालसम्म पनि उक्त जाहेरी नलिएको र प्रहरीले जाहेरि लीन आनाकानि गरेको रिणा माया मोक्तानको गुनासो रहेको छ।
कुटपिटबाट गम्भीर घाईते भएका सलाम मोक्तानलाई काठमाण्डौको अन्नपूर्ण न्युरो अस्पतालको आईसियुमा भर्ना गरी उपचार गरे पश्चात आज (शुक्रवार) वार्डमा सारिएको छ। त्यस्तै नाम्गेल तामाङलाई वार्डमा राखेर उपचार गराईरहेको र अर्का घाईते बिष्णु मोक्तानलाई प्राथमिक उपचार पश्चात घर पठाईएको घाईतेको आफ़न्तले जानकारी गराएका छन।
यस्तो छ घाईते सलाम मोक्तानको बहिनि रिणा माया मोक्तानले जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएको जाहेरि













