शनिवार २६ पुस २०८२ काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरुको पुनरागमन हुने देखिएपछि विध्वंशका पक्षधरहरु एकजुट भएको बताएका छन। एमालेको शनिवार बसेको केन्द्रिय कमिटिको बैठकमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन्द्र साह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको एकताप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन। धम्की, घृणा, निषेध र हिंसाका माध्यमबाट लोकतान्त्रिक शक्तिहरुलाई किनारा लगाउन नसकेपछि भदौ २४ को विध्वंशलाई वैधता दिने शक्तिहरु एकजुट भएको उनको आरोप छ। उनले ‘पुराना दल’ र ‘नयाँ दल’ बीचको ध्रुविकरणको रुपमा बहस गरिएपनि वास्तविक ध्रुविकरण कुनै राजनीतिक विचारधारा वा दर्शनमा नभई भदौ २४ को विध्वंशलाई वैधता दिने कि नदिने भन्नेहरुको बीचमा भएको दाबी गरे।












