Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

“डीभी लटरी” रोक्ने अमेरिकाको घोषणा

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस ४, २०८२
in FEATURE, अन्तर्राष्ट्रिय, मुख्य समाचार
0
“डीभी लटरी” रोक्ने अमेरिकाको घोषणा
217
SHARES
Share on FacebookShare on Twitter

शुक्रवार,पुस ४,२०८२,काठमाडौँ । अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम स्थगित गरेको छ । अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार साँझ ट्रम्प प्रशासनले डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी छन्।

अमेरिकाको ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या गरेका आरोपित व्यक्ति आठ वर्षअघि डाइभरसिटी भिसामार्फत अमेरिका आएको तथ्य सार्वजनिक भएपछि यो कदम चालिएको बताइएको छ ।

प्रहरीले धेरै दिनदेखि खोजिरहेका ब्राउन विश्वविद्यालयमा गोली चलाउने ती व्यक्ति अहिले मृत अवस्थामा भेटिएका छन् ।

“यो घिनलाग्दो व्यक्तिलाई हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैन थियो,” नोएमले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार म तुरुन्तै यूएससीआईएसलाई डिभी–१ कार्यक्रम स्थगित गर्न निर्देशन दिँदै छु । ताकि यो विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानि नहोस् ।”

नोएमका अनुसार गोली हान्ने क्लाउडियो म्यानुएल नेभ्स भालेन्टे सन् २०१७ मा यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए । उनलाई ग्रीन कार्ड जारी गरिएको थियो ।

सन् १९९० को दशकमा सुरु भएको यो कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकहरूलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ । यसमा प्राप्तकर्ताहरूलाई ‘लट्री’ प्रक्रियाबाट छनोट गरिन्छ । प्रत्येक वर्ष करोडौं व्यक्तिले यस कार्यक्रममार्फत भिसाका लागि प्रतिस्पर्धा गर्छन् ।

अमेरिकी संसद्ले बनाएको कानुनअनुसार लागु गरिएको यो कार्यक्रम नोएमले कुन कानुनी आधारमा स्थगित गर्न सक्छिन् भन्ने विषय भने स्पष्ट छैन ।

लट्रीमार्फत जारी हुने अधिकांश भिसा अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)ले व्यवस्थापन गर्ने भए पनि अमेरिकामा पहिल्यै रहेका आवेदकहरूको सानो संख्याका लागि गृह सुरक्षा विभाग (डीएचएस) अन्तर्गतको यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेजले प्रक्रिया गर्छ ।

राष्ट्रपति ट्रम्प डाइभरसिटी भिसा लट्री कार्यक्रम लामो समयदेखि आलोचक रहँदै आएका छन् । उनका अनुसार यो कार्यक्रमले सुरक्षा जोखिम निम्त्याउन सक्छ । रोजगारीमा आधारित भिसाजस्तो पर्याप्त योग्यतामा आधारित छैन । उनले आफ्नो पहिलो कार्यकालको सुरुआतमै यो कार्यक्रम समाप्त गर्ने प्रयास गरेका थिए । सीबीएसन्युजबाट ।

Tags: EDVEDV AMERICA
Previous Post

भैरहवाको मौसम नखुलेपछि रुपन्देही जान भरतपुरको जहाजमा रवि

Next Post

रुपन्देहीमा हत्या गरिएका १७ बर्षिय किशोरको शव नालीमा, केटीका विषयमा भएको थियो विवाद!

सम्बन्धितपाेस्ट

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
FEATURE

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

पुस २७, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले  गरे बहिस्कार
FEATURE

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले गरे बहिस्कार

पुस २६, २०८२
काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने
FEATURE

काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

पुस २६, २०८२
व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की
FEATURE

व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु
FEATURE

वाह्य चलखेलको जोखिम बढ्योः अध्यक्ष ओली

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु
FEATURE

लोकतान्त्रिक शक्तिहरुको पुनरागमन हुने देखिएपछि विध्वंशका पक्षधरहरु एकजुट भए: अध्यक्ष ओली

पुस २६, २०८२
Next Post
रुपन्देहीमा हत्या गरिएका १७ बर्षिय किशोरको शव नालीमा, केटीका विषयमा भएको थियो विवाद!

रुपन्देहीमा हत्या गरिएका १७ बर्षिय किशोरको शव नालीमा, केटीका विषयमा भएको थियो विवाद!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

पुस २७, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले  गरे बहिस्कार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले गरे बहिस्कार

पुस २६, २०८२
काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

पुस २६, २०८२
व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की

व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु

वाह्य चलखेलको जोखिम बढ्योः अध्यक्ष ओली

पुस २६, २०८२

ट्रेन्डिङ

  • रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

    रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

    263 shares
    Share 148 Tweet 92
  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist