Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

“डीभी लटरी” रोक्ने अमेरिकाको घोषणा

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस ४, २०८२
in FEATURE, अन्तर्राष्ट्रिय, मुख्य समाचार
0
“डीभी लटरी” रोक्ने अमेरिकाको घोषणा
217
SHARES
Share on FacebookShare on Twitter

शुक्रवार,पुस ४,२०८२,काठमाडौँ । अमेरिकाले डाइभरसिटी भिसा (डीभी) कार्यक्रम स्थगित गरेको छ । अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार साँझ ट्रम्प प्रशासनले डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी छन्।

अमेरिकाको ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या गरेका आरोपित व्यक्ति आठ वर्षअघि डाइभरसिटी भिसामार्फत अमेरिका आएको तथ्य सार्वजनिक भएपछि यो कदम चालिएको बताइएको छ ।

प्रहरीले धेरै दिनदेखि खोजिरहेका ब्राउन विश्वविद्यालयमा गोली चलाउने ती व्यक्ति अहिले मृत अवस्थामा भेटिएका छन् ।

“यो घिनलाग्दो व्यक्तिलाई हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैन थियो,” नोएमले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार म तुरुन्तै यूएससीआईएसलाई डिभी–१ कार्यक्रम स्थगित गर्न निर्देशन दिँदै छु । ताकि यो विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानि नहोस् ।”

नोएमका अनुसार गोली हान्ने क्लाउडियो म्यानुएल नेभ्स भालेन्टे सन् २०१७ मा यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए । उनलाई ग्रीन कार्ड जारी गरिएको थियो ।

सन् १९९० को दशकमा सुरु भएको यो कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकहरूलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ । यसमा प्राप्तकर्ताहरूलाई ‘लट्री’ प्रक्रियाबाट छनोट गरिन्छ । प्रत्येक वर्ष करोडौं व्यक्तिले यस कार्यक्रममार्फत भिसाका लागि प्रतिस्पर्धा गर्छन् ।

अमेरिकी संसद्ले बनाएको कानुनअनुसार लागु गरिएको यो कार्यक्रम नोएमले कुन कानुनी आधारमा स्थगित गर्न सक्छिन् भन्ने विषय भने स्पष्ट छैन ।

लट्रीमार्फत जारी हुने अधिकांश भिसा अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)ले व्यवस्थापन गर्ने भए पनि अमेरिकामा पहिल्यै रहेका आवेदकहरूको सानो संख्याका लागि गृह सुरक्षा विभाग (डीएचएस) अन्तर्गतको यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेजले प्रक्रिया गर्छ ।

राष्ट्रपति ट्रम्प डाइभरसिटी भिसा लट्री कार्यक्रम लामो समयदेखि आलोचक रहँदै आएका छन् । उनका अनुसार यो कार्यक्रमले सुरक्षा जोखिम निम्त्याउन सक्छ । रोजगारीमा आधारित भिसाजस्तो पर्याप्त योग्यतामा आधारित छैन । उनले आफ्नो पहिलो कार्यकालको सुरुआतमै यो कार्यक्रम समाप्त गर्ने प्रयास गरेका थिए । सीबीएसन्युजबाट ।

Tags: EDVEDV AMERICA
Previous Post

भैरहवाको मौसम नखुलेपछि रुपन्देही जान भरतपुरको जहाजमा रवि

Next Post

रुपन्देहीमा हत्या गरिएका १७ बर्षिय किशोरको शव नालीमा, केटीका विषयमा भएको थियो विवाद!

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

जनताले परिवर्तन चाहेपछि संसारको कुनै शक्तिले रोक्न सक्दैन: रवि लामिछाने

चैत्र ५, २०८२
Next Post
रुपन्देहीमा हत्या गरिएका १७ बर्षिय किशोरको शव नालीमा, केटीका विषयमा भएको थियो विवाद!

रुपन्देहीमा हत्या गरिएका १७ बर्षिय किशोरको शव नालीमा, केटीका विषयमा भएको थियो विवाद!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist