९,माघ काठमाण्डौ– नेकपा (एकीकृत रामेछाप) पार्टीमा दिनानुदिन पार्टी प्रवेश र समर्थकको लहर बढ्दो रहेको छ। यसै क्रममा काठमाण्डौमा आईतबार एक भेलाका बीच रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा न.१ घर भई हाल अमेरिका बसोबास गर्दै आईरहेका जाङबु शेर्पा नेकपा (एकीकृत रामेछाप) पार्टीलाई समर्थन गर्दै उनका मित द्वय रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा न.१ का आर सी कार्कि र रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा न.८ का रमेशबाबु श्रेष्ठसँगै समाजवादी यात्रामा जनताको सुख दुखलाई आत्मासाथ गर्दै अगाडी बढ्ने भएका छन।
यी ३ व्यक्तिहरु ३० बर्षदेखिको पुरानो मित्रतालाई मितेरी साईनोमा बदल्दै आज समाजवादी यात्रामा जोडिएका हुन।रामेछापको जनताको समस्याहरुलाई हल गर्नको लागि जस्तो सुकै परिस्थितिमा पनि आफुहरुले एक अर्काको साथ नछोड्ने नेकपा (एकीकृत रामेछाप) पार्टी रामेछाप जिल्लाका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठले सुनौलो पानालाई जनकारी गराए।अब बोलेर मात्रै होइन काम गरेर देखाउने बेला आएको र आफुहरु कुनै पनि हालतमा पछि नहट्नेमा प्रतिबद्द रहेको जाङबु शेर्पाले बताए।हिजोको दिनको बलियो मित्रताको साथै विश्वाशिलो मितेरी साईनोमा जोडिएको हामि एकअर्का प्रति माया सद्भावको साथै हातमाहात काधमा काध मिलाएर आफ्नो क्षमताले भ्यायसम्म जनताको सेवामा खटिरहने आर सी कार्किले बताए।
समाजवादी यात्रामा एकसाथ उभिएका तिन मितलाई नेकाप (एकीकृत रामेछाप) पार्टी रामेछाप जिल्ला ईन्चार्ज देव शंखर पौडेलले खादा लगाईदिएर शुभकामना प्रदान गरेका थिए भने सहःईन्चार्ज होम बुढाथोकी र जिल्ला कमिटि सचिव लालसिङ घिसिङले बधाई ज्ञापन गरेका थिए।












