३१ असार २०७९ रामेछाप – जनयुद्दका सहिदहरु बिष्णु चौलागाईं (अभय ) र निलराज मोक्तान (ड़ेंजोक्पा) को शालिक अनावरण गरिएको छ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंको प्रमुख आतिथ्यमा रामेछापको सुनापति गाउँपालिका वडा न. १ गुन्सीको धारापानीमा शुक्रबार एक कार्यक्रम आयोजना गरि शालिक अनावरण गरिएको हो।कार्यक्रममा अतिथिको रुपमा सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ,उपाध्यक्ष गिता बिष्ट चौलागाईं, वडा अध्यक्षहरु,नेता कार्यकर्ताहरु,सहिद परिवार लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि युवराज चौलागाईंले तत्कालिन शोषक, सामन्तीको बिरुद्द आफु पनि जनयुद्दमा सहभागी भएको स्मरण गराउदै बिष्णु चौलागाईं, निलाराज मोक्तान जस्ता हजारौँ सहिदहरुको बलिदानबाट देशमा गणतन्त्र स्थापना भई आजको अवस्था सृजना भएको बताए।
यो देशका नेतृत्वकर्ताहरुले सहिदहरुको बलिदान र त्यागलाई कदापि बिर्सिन नहुने र सहिदहरुको बलिदान र त्यागलाई कदर गर्दै सहिदहरुले देखाएको मार्गलाई अंगाल्दै अघि बढ्नुपर्ने बताए।
जनयुद्दमा होमिदै गर्दा त्यस ताका आफुले भोगेको र सहिदहरुले दिएको बलिदान बारे उपस्थित सम्पूर्णमा प्रकाश पारे।नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईं सहिद बिष्णु चौलागाईंको दाई हुन।
सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले आफु जनप्रतिनिधि भएर काम गर्दै गर्दा सहिदहरुको त्याग र बलिदानलाई कुनै पनि हालतमा बिर्सिन नसकिने र सहिदहरुको बलिदानीलाई सदैब शिरोपर गर्दै जन भावना अनुरुप सामाजिक,शैक्षिक,स्वास्थ्य लगायत बिकास निर्माणका कार्यहरु गर्नेमा जोड दिए।
कार्यक्रममा उपस्थित अतिथि सुनापति गाउँपालिकाकि उपाध्यक्ष गिता बिष्ट चौलागाईंले आफु पनि जनयुद्दको लडाकु र सहिद परिवार रहेको स्मरण गराउदै आफु सदैब सहिदहरुको त्याग र बलिदानको कदर गर्दै जनताको हित अनुरुप कार्य गर्ने बताईन।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि,अतिथि,अन्य नेता कार्यकर्ता,सहिद परिवार लगायत स्थानियहरुले सहिदहरु बिष्णु चौलागाईं (अभय ) र निलराज मोक्तान (ड़ेंजोक्पा) को शालिकमा खादा अबिर माला लगाएर श्रदाञ्जलि व्यक्त गरेका थिए।
https://fb.watch/ehY_GgtsQv/
https://fb.watch/ehY_GgtsQv/










