बैशाख ५,२०८२,शुक्रवार,काठमाडौं- चर्चित पप गायक कमल खत्रीको शब्द तथा संगीतमा रहेको ‘माया तिमिलाई’ पप गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। करिब १२ वर्षपछि उक्त गीत नयाँ स्वरमा पुनः प्रस्तुत गरिएको हो।
यस अघि २०७० सालमा अविषेक तामाङको स्वरमा सार्वजनिक गरिएको मेल भर्सनले त्यस समयमा रेडियो तथा एफएममार्फत युवा पुस्तामाझ अत्यन्तै लोकप्रियता हासिल गरेको थियो।
नयाँ संस्करणमा चर्चित गायिका प्रविशा अधिकारीको स्वर रहेको छ। गीतको शब्द तथा संगीत कमल खत्रीकै रहेको छ भने एरेन्ज विजेश्वर तन्दुकारले गरेका छन। त्यस्तै, मिक्सिङ तथा मास्टरिङ राजेश्वर तन्दुकारले गरेका छन।
उक्त गीत अविषेक तामाङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। पुरानो चर्चित गीतलाई नयाँ स्वरमा पुनः प्रस्तुत गरिएकाले यसले पुनः श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको गायक अविषेक तामाङले बताएका छन।






