Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

एसपिपी अस्वीकार गर्दै नेपालले अमेरिकालाई लिखित सन्देश पठाइसकेको छ : परराष्ट्रमन्त्री खड्का

'६ असारमा एसएसपिपीमा सहभागी नहुने सरकारको निर्णय बमोजिम ९ साउनमा कूटनीतिक माध्यमबाट लिखित दस्तावेज बुझाईयो'

सुनाैलाे पाना  सुनाैलाे पाना
साउन १३, २०७९
in FEATURE, मुख्य समाचार
0
एसपिपी अस्वीकार गर्दै नेपालले अमेरिकालाई लिखित सन्देश पठाइसकेको छ : परराष्ट्रमन्त्री खड्का
162
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ– परराष्ट्रमन्त्री डा नारायण खड्काले अमेरिकी सरकारबाट प्रस्तावित ‘स्टेट पार्टनसीप प्रोग्राम’मा सहभागी नहुने नेपाल सरकार निर्णय अमेरिकालाई पत्राचार भइसकेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले एसपिपी अगाडि नबढाउने र सो जानकारी अमेरिकी सरकारलाई गराउने मन्त्रिपरिषद्को निर्णयलाई परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरिसकेको जनाएका हुन् ।

‘नेपालले एसपिपीलाई अगाडि नबढाउने निर्णय गरेको लिखित दस्तावेज कूटनीतिक माध्यमबाट यही साउन ९ गते अमेरिकी सरकारसमक्ष पठाइएको छ’, उनले भने । सो सम्बन्धमा आन्तरिक परामर्श आवश्यक भएकाले पत्राचारका लागि केही समय लागेको उनले प्रस्ट पारेका छन् । सरकारले गत असार ६ गते एसपिपीमा सहभागी नहुने र सोको जानकारी अमेरिकी सरकारलाई पठाउने निर्णय गरेको थियो ।

‘मित्रराष्ट्रसँग आगामी दिनमा पनि सहकार्यका लागि विभिन्न निकायका बीचमा गृहकार्य, आन्तरिक संवाद, छलफल आवश्यक भएकाले पत्राचारका लागि केही समय लागेको हो’, मन्त्री खड्काले भने । एसपिपीका सम्बन्धमा नेपाल सरकारले गरेको निर्णयबारे अमेरिकासँग कूटनीतिक माध्यमबाट जानकारी गराइसकिएको उहाँले सदनलाई जानकारी गराए ।

‘यस सम्बन्धमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट नै छ, नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयप्रति संशय व्यक्त गर्नु अस्वभाविक हुन्छ’, उनले भने । एसपिपीका सम्बन्धमा अमेरिकालाई पत्राचार गर्न ढिलाइ भएको विषयमा आवाज उठाउने सांसदप्रति उनले आभार प्रकट गरे ।

स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिप्रति सरकार प्रतिबद्ध

वर्तमान गठबन्धन सरकारले संवैधानिक व्यवस्था, संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनअनुसार विशेष आन्तरिक नीति सञ्चालन गर्दै आएको र त्यसका लागि सरकार सक्षम रहेको मन्त्री खड्काले बताए । ‘स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति, राष्ट्रिय स्वार्थ र हित संरक्षण तथा प्रवद्र्धन गर्न गठबन्धन सरकार पूर्ण जानकार छ’, उनले भने ।

उनले राष्ट्रको हितलाई ध्यानमा राखेर सरकारले आफ्ना कदम अगाडि बढाएको बताउँदै भविष्यमा पनि यही स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई अगाडि बढाउन सकारका प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । ‘नेपाल सरकारले वैदेशिक सहायता प्राप्त गर्दा वा कुनै विषयमा सहकार्य गर्दा मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राख्ने गरेको छ’, मन्त्री खड्काले भने, ‘नेपालले असंलग्न परराष्ट्र नीति अङ्गीकार गर्दै आएको छ । उक्त नीतिप्रति प्रतिबद्ध रहेको मुलुकले कुनै पनि सैन्य गठबन्धनमा आबद्ध हुने प्रश्न पनि उठ्दैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारबाट राष्ट्र हितविपरीत कुनै सन्धि, सम्झौता वा गतिविधि हुन नदिने प्रतिबद्धता स्वयं संसद्मा व्यक्त गरेको स्मरण गराउँदै उनले राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्न सरकार सक्षम रहेको बताए। “यस कुराबाट सरकार किञ्चित् बिचलित नहुने व्यहोरा दोहोर्‍याउन चाहन्छु’, उनले भने ।

सरकारले गत असार ६ गते एसपिपीलाई अघि नबढाउने र सोको जानकारी अमेरिकालाई दिने निर्णय गरेको थियो । एसपिपीका सम्बन्धमा सरकारको निर्णयका सम्बन्धमा परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार नगरेको भन्दै सांसदले प्रश्न उठाएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले एसपिपीका बारेमा सदनमा जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका थिए ।

मन्त्री खड्काको जवाफपछि सांसदहरु डा भीमबहादुर रावल, डा शिवमाया तुम्बाहाङ्फे, नवराज सिल्वाल, गगनकुमार थापा, महेश बस्नेत, प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, घनश्याम खतिवडा, डा डिला सङ्ग्रौला, बिन्दा पाण्डेलयायतले सो पत्रको व्यहोरा संसद्मा वाचन गरेर सुनाउन माग गरेका थिए ।

Previous Post

अझै बेचिन्छन् चेली , बाँकेका चार नाकाबाट २४६ युवतीको उद्धार

Next Post

आज बिहान खोटाङ केन्द्रबिन्दु पारी भूकम्पको धक्का

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
आज बिहान खोटाङ केन्द्रबिन्दु पारी भूकम्पको धक्का

आज बिहान खोटाङ केन्द्रबिन्दु पारी भूकम्पको धक्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist