मंसिर १७,काठमाण्डौ; रामेछापको सुनापति गाउँपालिका वडा न.३ मा निर्मित “सुनापति आधारभूत अस्पताल” (१० शैया) को भवन मंसिर १८ गते उद्घाटन हुने भएको छ।
अस्पतालको नवनिर्मित भवन उद्घाटनको लागि उर्जा,जलस्रोत तथा सिँचाई,शहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रि कुलमान घिसिङ् प्रमुख अतिथिको रुपमा सुनापति जान लागेका हुन।
सुनापति गाउँपालिकाले एक कार्यक्रम आयोजना गरि मन्त्रि कुलमान घिसिङ्को प्रमुख आतिथ्यमा अस्पतालको भवन उद्घाटन गर्न लागेको सुनापति गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख माधव प्रधानले जानकारी गराए।












