पौष २६, २०८२ शनिबार- नेपाली काँग्रेसले वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रश्ताव पारित गरेको छ । शनिवार बिहान बसेको केन्द्रिय समितिको बैठकले दाहालको निधनमा शोक प्रश्ताव पारित गरेको हो । दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर एकबाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए। साथै साथै कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए। दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर नेपाली काँग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताए।











