पौष २६, २०८२ शनिबार-काठमाडौं । काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बहिस्कार गरेका छन।
आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुवै महामन्त्री सहभागी नभएको नेताहरुले बताएका छन।
बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको भए पनि थापा र शर्मा सहभागी भएनन।
महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएका छन। उनीहरुले २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन।











