Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस २७, २०८२
in FEATURE, मुख्य समाचार
0
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
226
SHARES
Share on FacebookShare on Twitter

पौष २७, २०८२ आईतवार,काठमाडौं। इन्डियन आइडल विजेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ ।

ह्रदयघात भएर नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

‘उहाँ दिल्लीमै हुनुहुन्थ्यो । आज बिहान उहाँको निधन भएको खबर पाएँ । उहाँको परिवार र नजिकका आफन्तबाट मैले यो खबर पाएको हुँ,’ फिल्मकर्मी राजेश घतानीले भने ।

अरुणाचल प्रदेशमा कार्यक्रम सकेर राजधानी फर्किएलगत्तै उनको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

निधनअघि उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या वा असहजता देखिएको थिएन । ४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङले साधारण पृष्ठभूमिबाट राष्ट्रिय स्तरको ख्याति हासिल गरेका थिए ।

सानै उमेरमा पिता गुमाएपछि परिवारको जिम्मेवारी सम्हाल्न उनले कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थालेका थिए र प्रहरी ब्याण्ड (अर्केस्ट्रा) मा गीत गाउँथे ।

सन् २००७ मा इन्डियन आइडल सिजन–३ मा अडिसन दिएपछि उनको जीवनले नयाँ मोड लियो । अन्ततः प्रतियोगिता जित्दै उनले भारतभरि तथा विदेशमा रहेका लाखौं दर्शक–श्रोताको मन जिते।

‘आज जति पनि नेपाली ठूला मञ्चमा गएर गीत गाउँछन् । रियालिटी शोमा पुग्ने आँट सबै प्रशान्तले गर्दा नै मिलेको हो,’ घतानीले थपे ।

इन्डियन आइडल जितिसकेपछि उनको विजय गोर्खा तथा नेपाली भाषी समुदायका लागि गर्वको विषय बन्यो, थुप्रै समूदायले उनको विजय उत्सव मनाएको थियो । इन्डियन आइडलपछि उनले थुप्रै एल्बमहरू सार्वजनिक गरे ।

संगीतसँगै अभिनय करिअर थाले । उनी अभिनित नेपाली फिल्म ‘गोर्खा पल्टन’लाई दर्शकले निकै रुचाएका थिए । पछिल्लो समय भारतीय वेब सिरिज ‘पाताल लोक’ सिजन–२ मा समेत अभिनय गरेका उनले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’मा समेत अभिनय गरेका थिए । ‘अस्ति भर्खर उनीसँग भेट्दा पनि, सलमानको फिल्ममा राम्रो काम भएको छ भनेर सनाउँदै थियो । गीत/संगीतमार्फत संसारभर छरिएर रहेका नेपालीलाई जोड्ने काम गरेको हो उसले,’ घतानीले भने ।

‘ब्याटल अफ गलवान’मा सँगै काम गरेका अभिनेता अनुपविक्रम शाही प्रशान्तलाई कुशल गायकसँगै क्षमतावान अभिनेताका रुपमा उनलाई सम्झन्छन् ।

‘उहाँसँग ब्याटल अफ गलवानको सेटमा ४/५ दिन भेट भएको हो । अत्यन्त मिलनसार, राम्रो व्यक्तित्त्व थियो उहाँको । ४/५ महिनाअगाडि मात्रै भेटेको, म त यो खबर पत्याउनै सकिरहेको छैन,’ अभिनेता शाहीले भने ।

तामाङको एक छोरी र पत्नी छन् । दिल्लीको जनकपुरी भन्ने ठाउँमा बस्दै आएका तामाङको ह्रदयघातबारे सुरुमा सासु आमाले थाहा पाएकी थिइन् ।

त्यसपछि उनले नै सिधै इन्डियन आइडलको साथि अमित पललाई यसबारे खबर गरिन् । अनि मात्रै पलले सामाजिक सञ्जाल इन्स्टाग्राममा यसबारे लेखेपछि तामाङको मृत्युको खबर बाहिरिएको हो ।

दार्जिलिङका गायक महेश सेवा गीतांगेका अनुसार उनको अन्त्योष्टि दार्जलिङमै गर्ने कि दिल्लीमा भन्ने तय भइसकेको छैन ।

Previous Post

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले गरे बहिस्कार

Next Post

वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला

वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist