सोमवार १४ पुस २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन शाह र कुलमान घिसिङ अन्तत: एक ठाउँ उभिएका छन्।
कुलमानलाई रास्वपाको रास्वपाको उपसभापति बनाउने गरी उनीहरूबीच सहमति भएको हो। बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति यसअघि नै भइसकेको छ। बालेन र रास्वपा सभापति रविबीच आइतबार उक्त सहमति हुँदा कुलमान त्यसमा सहभागी थिएनन्।
त्यसयता उनीहरू दुई जनाले पटक पटक कुलमानसँग वार्ता गरी सहमतिमा पुगेका हुन्।
सोमबार कुलमान र रविबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्।
रास्वपाका उपसभापति डिपी अर्यालले तीन जना मिलेर जाने सहमति भएको जानकारी दिए।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आइतबार भएको सहमतिमा छुटेका कुलमान घिसिङलाई पनि त्यसमा सहभागी जेनजी अभियानीहरूले सहजीकरण गरिरहेका थिए।
त्यसै क्रममा सुदन गुरूङ लगायतका केही जेनजी अभियानीले अहिले कुलमान घिसिङलाई आफैले गाडीमा राखेर बालेन र रविसँग वार्ता गराउन लगेका थिए।
यस्तो छ सहमति:













