पौष २९, २०८२ मंगलवार,काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले वार्ताबाट पार्टीको समस्या समाधान गर्नुपर्ने बताएका छन । सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन। उनले वार्ताको माध्यमबाट सबै कुराको समाधान हुने भएकाले वार्ताका लागि डा. शेखर कोईरालाले पहल शुरु गर्ने बताए। सोमवार महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशन आह्वान गरेर बन्दसत्र शुरु गरेसँगै सभापति शेरबहादुर देउवा निवासमा नेताहरुबीच छलफल भएको थियो । छलफलपछि वार्ताका माध्यमबाट सबैकुराको समाधान निकाल्ने बताइएको छ ।













