माघ ९, २०८२ शुक्रबार,काठमाडौं- नेपाली काँग्रेसको नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन।
दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरुले शुक्रवार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गरेका हुन। सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरुले पदभार ग्रहण गरेका छन। पदाधिकारीहरुको पदभारग्रहण पछि केन्द्रिय समितिको बैठक शुरु भएको हो । उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गरेको हो । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्बत रुपमा सभापति निर्वाचित भएका हुन ।













