पौष २९, २०८२ मंगलवार- नेपाली काँग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरुले नयाँ नीति र नेतृत्व चयन गरिछोड्ने दृढता व्यक्त गरेका छन।
मंगलवार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले सो कुरा जानकारी गराएको हो । नयाँ नीति र नेतृत्व चयन गरेर मात्रै आफूहरु यो हलबाट निस्कने निष्कर्षमा पुगिएको प्रचार समितिका संयोजक सुवाष पोखरेलले बताए । उनले संस्थापन पक्षले आफूहरुको माग सम्बोधन गर्ने अवस्था नरहेपछि नै नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गरिएको पनि स्पष्ट पारे । संयोजक पोखरेलले सो निर्वाचन प्रक्रियामा सहभागी भएर सभापति पदका लागि मनोनयनमा आउन सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरे। उहाँले संस्थापन पक्षसँग संवाद जारी रहेपनि निर्वाचनमा जाने र नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अव नरोकिने दोहो¥याए।
संयोजक पोखरेलले भन्नुभयो,‘कार्यतालिका आयो निर्वाचनको । कता भागबण्डाको कुरा भयो । कार्यतालिका आइसकेपछि यहाँ सबै पदाधिकारीहरुको निर्वाचन हुन्छ।
निर्वाचन भएपछि हामी हण्ड्रट पर्सेन्ट हो । कताको भागबण्डा लिने ? हाम्रो क्लियर कुरा यही हो । नामावली सबैको प्रकाशन गर्छौ । सबै उहाँहरु मतदाता हो । स्वयम शेरबहादुर जी, सभापतिजीलाई इच्छा भए सभापतिका लागि नोमिनेशन गर्न पनि हामी आमन्त्रण गर्दछौ । एउटै पार्टी हो संवाद हुन्छ । हाम्रो एजेण्डालाई संवादले सम्बोधन गर्छ भने हामी किन निर्वाचनमा जाने ? हामी संवादका विरोधी होइनौँ। नेतृत्वसँग हामीले पहिले देखिनै संवाद गरिरहेका छौँ । गरेका पनि हौ । अव अब फेरि गर्छौं । संवाद यहाँ निर्णय सँगसँगै हुन्छ। त्यो सम्वादले यसलाई रोक्दैन। हाम्रो प्रक्रियालाई सम्वादले रोकिँदैन। सम्वादको प्रक्रियालाई हलले आत्मासात नगरी हुँदैन । त आत्मासाथ गर्न हलको म्यान्डेट चाहियो । हाम्रा साथीहरुको जानुभएको छ । त्यो पनि यहाँ ल्याएर सुनाउने हो । हलले समर्थन दियो, त्यो पास भयो । हलले हुँदैन भन्यो, त्यो हुँदैन हो । प्रष्ट हुनुहोस–यसपाली काँग्रेस पार्टी नीति र नेतृत्व बदलेर यहाँबाट जान्छ । कुरा यति नै हो ।’
यता संस्थापन पक्षले भने विशेष महाधिवेशन विधानसम्मत नभएको जिकिर गर्दै आएको छ।













