Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

काँग्रेस महामन्त्रीलाई तरुण दलको आग्रहः पार्टीलाई जुटाउनेतिर लाग्नुस्, सिंगो पार्टीको नेता बनाउँछौ

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस २९, २०८२
in FEATURE, मुख्य समाचार
0
काँग्रेस महामन्त्रीलाई तरुण दलको आग्रहः पार्टीलाई जुटाउनेतिर लाग्नुस्, सिंगो पार्टीको नेता बनाउँछौ
Share on FacebookShare on Twitter

पौष २९, २०८२ मंगलवार- नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान शुरु गरेको छ।

विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिरहेका बेला संस्थापन पक्ष निकट तरुण दलका नेता, कार्यकर्ताहरुले ले मंगलवार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर पार्टी एकताको पक्षमा दवाव दिएका हुन। उनीहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजान महामन्त्री गगनकुमार थापालाई आग्रह समेत गरेका छन। महामन्त्री थापा सिंगो पार्टीको नेता बन्नसक्ने भएकाले उहाँलाई पार्टीलाई एकतावद्ध बनाएर लैजान आग्रह गरिएको पनि तरुण दलका सभापति विद्वान गुरुङले बताए। उनले पार्टी सभापति शेरबहादुर देउवा पार्टी एकताको पक्षमा रहेको र त्यसैकारण दुई पक्षबीच वार्ता भईरहेको समेत बताए।

अध्यक्ष गुरुङले भने,‘अहिले नेपाल काँग्रेस जटिल अवस्थामा छ। एकातिर पार्टीले नियमित महाधिवेशनको कार्यतालिका निकालिसकेको छ। अर्कोतिर विशेष महाधिवेशनका समुद्घाटन भइसकेको छ र उता पनि बन्दसत्र भइराखेको छ। नेपाली काँग्रेसलाई अझै पनि हामी चाहन्छौँ– यसलाई एकतावद्ध रुपमा लैजानका लागि दुवै पक्षका नेताहरुका बीचमा अहिले पनि सम्वाद भइराखेको छ। हामीलाई आशा छ–यो चुनौतिको घडीमा नेपाली काँग्रेस एक भएर जाने छ भन्ने हामीले विश्वास लिएका छौ। र नेपाली काँग्रेस भ्रातृ संगठन तरुण दल भएको कारणले गर्दा अहिले हामी सबै तरुणहरु नेपाली काँग्रेसका केन्द्रिय कार्यालयमा जम्मा भएका छौँ ।

पार्टी एकताको पक्षमा हामीले सबै नेताहरुलाई दवाव पनि दिईरहेका छौ। यदि पार्टी एकता भएन र ,पार्टी विभाजन भएको अवस्थामा नेपाली काँग्रेसको केन्द्रिय कार्यालयमा कहीँकतैबाट पनि त्यो खालको हस्तक्षेप नहोस भन्नका लागि नेपाल तरुण दल तयारी अवस्थामा बसेको छ। हामीलाई के विश्वास छ भने गगन थापा नेपाली काँग्रेसका महामन्त्री पनि हुनुहुन्छ। उहाँ जनताको प्रिय नेता पनि हुनुहुन्छ। हमीलाई विश्वास छ–उहाँलाई सिंगो पार्टीको नेता बनाउन हामीले चाहेका छौ । त्यस्तो खालको दवाव पनि छ। विशेष महाधिवेशनमा सिग्नेचर गर्ने साथीहरु पनि पार्टीलाई फुट्न दिनुहुँदैन भन्ने दवाव दिईरहनु भएको छ। निर्वाचन कार्यतालिका निकालेको भन्ने पनि हामीले सुनेका छौँ। महामन्त्रीज्यूलाई हामी के आग्रह गर्न चाहन्छौँ भने अहिलेको अवस्थामा तपाईले नेपाली काँग्रेसलाई फुटाएर होइन, जुटाएर लैजाने कुरामा तपाईले पक्कै पहल गर्नुहुन्छ भन्ने कुरामा हामीले त्यो अनुरोध गर्न चाहन्छौँ । सभापति देउवा पार्टी एकताको पक्षमा हुनुहुन्छ। उहाँकै कारण आज यो वार्ता भइरहेको हो।’

नेपाल तरुण दलका नेता, कार्यकर्ताहरुले पार्टी विभाजन भएपनि पार्टी कार्यालय सानेपा कब्जा गर्न कसैलाई पनि नदिने चेतावनी समेत दिएका छन।

Previous Post

काँग्रेस विशेष महाधिवेशन पक्षको अडानः नयाँ नीति र नेतृत्व चयन हुन्छ

Next Post

जनतालाई परिवर्तनको अनुभुति दिलाउने काम सरकारी कार्यालयहरुबाटै हुनुपर्छः सञ्चारमन्त्री खरेल

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
जनतालाई परिवर्तनको अनुभुति दिलाउने काम सरकारी कार्यालयहरुबाटै हुनुपर्छः सञ्चारमन्त्री खरेल

जनतालाई परिवर्तनको अनुभुति दिलाउने काम सरकारी कार्यालयहरुबाटै हुनुपर्छः सञ्चारमन्त्री खरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    303 shares
    Share 121 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 110 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    257 shares
    Share 103 Tweet 64

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist