पौष ३०,२०८२ बुधवार- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको केन्द्रिय कार्य समिति भंग भइसकेको बताउनुभएको छ।
बुधवार काठमाडौंस्थित विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। आफूहरु नयाँ कार्य समिति चयन गर्ने क्रममा रहेकोबताए। उनले विशेष महाधिवेशनबारे समयमै निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि बताए। उनले काँग्रेसको केन्द्रिय कार्य समितिको बैठकले आफूहरुलाई निष्कासन गरेको सुनेको भन्दै काँग्रेस कसैको निजी कम्पनी नभएको टिप्पणी गरे।
उनले भन्नुभयो, ‘अहिले समाचार सुनेँ । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकाल्यो । तपाईंहरुको प्राइभेट कम्पनी हो निकाल्नलाई ? नेपाली काँग्रेसको झण्डा बोकेर हिँड्दै गर्दा ९ कक्षामा थिएँ। २०६२÷०६३ को आन्दोलनमा लड्यौँ । २४८८ जना महाधिवेशन प्रतिनिधि जम्मा भएको स्थल हो यो । तपाईंहरु मात्रै निर्वाचन आयोग जानुहुन्छ ? त्यही निर्वाचन आयोगमा यही महाधिवेशन स्थलमा शुरु भएर त्यो विशेष महाधिवेशन समयमै निर्वाचन आयोगलाई जानकारी गराइसकिएको छ। काँग्रेस अहिले विशेष महाधिवेशनको क्रममा छ। हाम्रो श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रिय कार्यसमिति भंग भइसक्यो। हामी अब नयाँ कार्यसमिति चयन गर्ने क्रममा छौँ ।’
गगनले वास्तविक नेपाली काँग्रेस आफूहरु भएको दाबी गर्नुभयो।













