Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home मुख्य समाचार

यसकारण ओली र प्रचण्डबीचको विवाद चर्कियो

सुनाैलाे पाना  सुनाैलाे पाना
कार्तिक २३, २०७७
in मुख्य समाचार, समाचार
0
यसकारण ओली र प्रचण्डबीचको विवाद चर्कियो
182
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सरकार र पार्टीमा आ–आफ्नो पहुँच विस्तार तथा प्रभुत्व कायम गर्न खोज्दा आन्तरिक विवाद चर्किएको छ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारमा आवश्यक मन्त्रीलगायत नियुक्ति आफैंले गर्न पाउनुपर्ने तथा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीले मन्त्री बनाउँदा वा सरकारी नियुक्ति गर्दा पार्टीको सल्लाहमा गर्नुुपर्ने विषयलाई आ–आफ्नो प्रतिष्ठासँग जोडेका छन्। यही प्रतिष्ठाको विषयले ओली र दाहालबीच टकरावa बढेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, सरकार र पार्टी सञ्चालन, सरकारले गर्ने राजनीतिक नियुक्तिलगायत विषयमा भनाभन भयो। ओलीसँग छलफल गर्न दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए।

दाहालसहितका नेताले ओलीलाई सचिवालय बैठक डाकेर विवादका विषयमा छलफल गरी निकास खोज्नुपर्ने बताएका थिए। यसै क्रममा सरकार र पार्टी सञ्चालन तथा राजनीतिक नियुक्तिको विषय उठेपछि ओली र दाहालबीच विवाद भएको छलफलमा सहभागी एक नेताले बताए।

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भएको र दाहालले सरकारले राजनीतिक नियुक्तिलगायत काम गर्दा आफूहरूसँग नसोधेको बताएपछि धेरै बेर विवाद भएको थियो।

‘तपाईंहरू (दाहाल पक्षलाई लक्षित) गुट भेला गर्ने, सरकारविरुद्ध षड्यन्त्र गर्ने, जाली कुरा गर्ने, बाहिर ओलीले पार्टी फुटाउँछ भन्दै हिँड्ने’, ओलीलाई उद्धृत गर्दै ती नेताले भने, ‘ओलीले दाहाललाई जाली र झेली कुरा गरेको, सरकारविरुद्ध षड्यन्त्र गरेको, सरकारको काममा विभिन्न बहानामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयो।’

प्रधानमन्त्री ओली कड्किएपछि दाहाल पनि उत्तेजित भएका थिए। दाहालले ओलीमाथि स्थायी कमिटीको निर्णय नमानेको, सचिवालय बैठक बोलाउन अस्वीकार गरेको, पार्टीबाट अलगअलग बसौं भनेको र मुलुकमा कोरोना महामारी बढिरहँदा राज्यशक्तिको दुरूपयोग गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पनि आफ्नो समूहको अखडा बनाएको आरोप लगाए।

‘मैले धेरै पटक बैठक बसौं भनें तर तपाईं (ओली) ले मान्नुभएन, मन्त्री, राजदूत नियुक्तिजस्ता विषयमा स्थायी कमिटीले पार्टीका दुई अध्यक्षबीचको सल्लाहमा निर्णय लिने भनिएको थियो तर तपाईंले सल्लाह गर्नुभएन, पार्टीको अन्तरपार्टी निर्देशन जारी गर्ने बेलामा पनि तपाईंले आफ्नो उपस्थिति खोज्नुभयो र पार्टी निर्णय त्यहींबाट उल्लंघन भयो,’ दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘यस्ता सबै विषय उल्लंघन गर्ने तपाईं जाली कि म जाली ?’

दाहालले प्रधानमन्त्री ओलीमाथि पार्टीलाई नसोधी एकलौटी निर्णय गरेको र सरकारमा आफूलाई मन परेकालाई मात्र सहभागी गराएर पार्टीको समेत बदनाम गर्न खोजेको आरोप लगाएका थिए। जबाफमा ओलीले सरकारको नेतृत्व पार्टी अध्यक्षले गरेकाले मन्त्री बनाउँदा र अन्य नियुक्तिको निर्णय गर्दा खासै अरूलाई सोधिरहनुनपर्ने बताएका थिए। उनले यस विषयमा केही नमिलेको भए केही दिनपछि सच्याउने पनि बताए।

स्रोतका अनुसार दाहाल–ओली भनाभन चर्कंदै गएपछि वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमले बीचमै बोलेर हस्तक्षेप गरेका थिए। नेपाल र गौतमले पार्टी कमिटी बैठकबाट कोही पनि भाग्न नमिल्ने र सबै विवादको निकास पार्टीका बैठकबाट खोजिनुपर्ने धारणा राखेका थिए। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

Previous Post

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

Next Post

राष्ट्रपतिमा हारेपछि ट्रम्पसँग सम्बन्धविच्छेद गर्दै पत्नी मेलानिया

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
राष्ट्रपतिमा हारेपछि ट्रम्पसँग सम्बन्धविच्छेद गर्दै पत्नी मेलानिया

राष्ट्रपतिमा हारेपछि ट्रम्पसँग सम्बन्धविच्छेद गर्दै पत्नी मेलानिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist