Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

एमडीएमएस प्रणाली के हो ? आफ्नो मोबाइलको बैधानिकता कसरी परीक्षण गर्ने ?

सुनाैलाे पाना  सुनाैलाे पाना
भदौ ३०, २०७९
in FEATURE, समाचार
0
एमडीएमएस प्रणाली के हो ? आफ्नो मोबाइलको बैधानिकता कसरी परीक्षण गर्ने ?
Share on FacebookShare on Twitter

३० भदौ २०७९ काठमाण्डौ- दूरसञ्चार प्राधिकरणले आज (भदौ ३० गते)देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ ।

यो प्रणाली लागू भएसँगै आज उपरान्त अर्थात ३० भदौ २०७९ पश्चात एमडीएमएसमा दर्ता नभएका मोबाइल नेपालभित्र चल्ने छैनन् ।

मोबाइल सेटको गैरकानूनी आयात, विक्रीवितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो प्रणाली आजदेखि लागू गरेको हो ।

यो प्रणाली लागू भएसँगै आफ्नो मोबाइल फोन एमडीएमएसमा दर्ता भएको वा नभएकोबारे धेरै प्रयोगकर्तामा अन्योलता छाएको छ । कतिपयको मोबाइलमा दूरसञ्चार प्राधिकरणले नै दर्ता भए/नभएको सन्देश (म्यासेज) पठाएको छ भने अधिकांशका मोबाइलमा त्यस्ता सन्देश नपठाइएको वा नपुगेको अवस्था पनि छ ।

मोबाइलमा त्यस्तो सन्देश पुगेकाहरूले विभिन्न समाजिक सञ्जालहरूमार्फत ‘मेरो मोबाइल एमडीएमएस सिस्टममा दर्ता भयो’लगायत जानकारीहरू शेयर गरिरहेका छन् । यससँगै जसको मोबाइलमा म्यासेज गएको छैन वा एमडीएमएस परीक्षण गर्ने विधिबारे अञ्जान छन् उनीहरूमा आफ्नो मोबाइल वैधानिक हो वा अवैधानिक भनेर चिन्ता छाएको छ ।

यही चिन्तालाई थोरै भए पनि टाढा राख्न हामीले एमडीएमएस प्रणालीमा आफ्नो मोबाइलको आधिकारिकता परीक्षण गर्ने तरीका तल प्रस्तुत गरेका छौँ ।

आफ्नो मोबाइलको बैधानिकता कसरी परीक्षण गर्ने ?

तपाइँको मोबाइलमा दूरसञ्चार प्राधिकरणले नै दर्ता भएको वा नभएकोबारे म्यासेजमार्फत जानकारी गराइसकेको छ भने त्यही नै आधिकारिक जानकारी हो ।

जसको मोबाइलमा त्यस्तो म्यासेज प्राप्त भएको छैन उहाँहरूले सबैभन्दा पहिला आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउनुपर्दछ । १५ अङ्कको यस्तो नम्बर मोबाइल किन्दा प्राप्त कभर (खोल)मा लेखिएको हुन्छ ।

खोल हराएको अवस्थामा तपाइँले आफ्नो मोबाइलको Keypad मा गई *#06# डायल गरेर आफ्नो मोबाइल/उपकरणको IMEI नम्बर पत्ता लगाउन सक्नुहुने छ   ।

त्यसपछि नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक वेबसाइटमा गएर उक्त १५ अङ्कको IMEI नम्बर प्रविष्ट गरी त्यसबारे जानकारी लिन सक्नुहुने छ ।

IMEI भनेको के हो?

SIM प्रयोग हुने उपकरणमा १५ अंकको IMEI नम्बर हुन्छ । त्यस्तो उपकरणहरुको IMEI एक अर्कासंग मेल खाँदैन । IMEI नम्बर उक्त्त उपकरणको परिचय प्रदान गर्ने गुण हो ।

MDMS प्रणाली भनेको के हो ?

नेपाल दूरसंचार प्राधिकरणले मोबाईलको आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न MDMS प्रणाली लागु गरेको छ । अवैध रुपमा राज्यमा भित्रिने मोबाईलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाईल तथा SIM को अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउन MDMS को भूमिका रहन्छ ।

MDMS ले सर्व साधारणलाई के फाईदा पुर्याउंदछ ?

हराएका तथा चोरी भएका मोबाईलहरुको खोजि कार्यमा सहयोग गर्छ । साथै त्यस्ता मोबाईलको अनधिकृत प्रयोगलाई रोक्ने कार्य समेत गर्दछ ।

प्राधिकरणमा दर्ता नभएका मोबाईल किन-बेच तथा बिक्रि-वितरण गर्नु हुन्छ ?

हुँदैन । यो गैर कानुनी हो । मोबाईल किन्नु अगाडी उक्त मोबाईल प्राधिकरणमा दर्ता भए नभएको एकिन गरेर मात्र किन्नु पर्दछ ।

Previous Post

“गाल्पा लाईफ केयर क्लिनिक प्रा.लि.” मा असोज १ गते महिलाहरुको बिशेष स्वास्थ्य परिक्षण हुने

Next Post

दिन दहाडै नक्कली प्रहरी बनेर लुटपाट गर्ने तीन जना प्रकाउ

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर
FEATURE

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

पुस २५, २०८२
रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग
FEATURE

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

पुस २१, २०८२
रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान
FEATURE

रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी
FEATURE

यस्तो छ रवि लामिछानेले कुलमानसँग गरेको सहमति

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी
FEATURE

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

पुस १४, २०८२
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

पुस २५, २०८२
रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

पुस २१, २०८२
रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

यस्तो छ रवि लामिछानेले कुलमानसँग गरेको सहमति

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

पुस १४, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    253 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist