काठमाडौं— थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोना निको भएर डिस्चार्ज भएका छन्। त्यस्तै, हाल आइसोलेसनमा २ सय ७९ जना र भेन्टिलेटरमा ६७ जना संक्रमित उपचाररत छन्।
काठमाडौंमा सबैभन्दा बढी १ हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना नयाँ संक्रमित थपिएका हुन् ।
संक्रमितको सूची














