काठमाडौं—नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामासंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
काठमाडौंमा सबैभन्दा बढी १ हजार ७ सय ४६ , ललितपुरमा २ सय १६ र भक्तपुरमा १ सय ६६ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना कोरोना निको भएर डिस्चार्ज भएका छन्। त्यस्तै, हाल आइसोलेसनमा ३ सय ७ जना र भेन्टिलेटरमा ६६ जना संक्रमित उपचाररत छन्।













