Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापको बस्ति बस्तीमा नेकपा (एकीकृत समाजवादी) खाँडादेवी गाउँपालिका वडा नं.७ को कार्यकर्ता भेला र वडा कमिटि सम्पन्न

रामेछापको बस्ति बस्तीमा नेकपा (एकीकृत समाजवादी)

सुनाैलाे पाना  सुनाैलाे पाना
मंसिर १, २०७८
in FEATURE, समाचार
0
197
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको गाल्पामा नेकपा (एकीकृत समाजवादी) पार्टीको बृहत कार्यकर्ता भेला तथा खाडादेबी गाउँपालिका वडा नं. ७ अधिवेशन सम्पन्न भएको छ। गत मिति २०७८ कार्तिक ३० गते उक्त कार्यक्रम सम्पन्न भएको हो। नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको सचिवालय सदस्य पुष्प कुमार सिनजाली मगरको सभा अधक्ष्य रहेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रिय सदस्य,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि प्रेम आलेको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा अतिथिको रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज देवशंखर पौडेल,नेकपा (एकीकृत समाजवादी) केन्द्रिय पोलिटब्युरो सदस्य तथा सम्पर्क समन्वय कमिटि प्रमुख बिजय गुरुङ, केन्द्रिय पोलिटब्युरो सदस्य होम बुढाथोकि, बागमती प्रदेश कमिटि सदस्य श्याम कृष्ण श्रेष्ठ, दुर्गा बहादुर घिमिरे, श्रीहरि श्रेष्ठ, कृष्ण बहादुर थापा नेता रमेश बाबु श्रेष्ठ,नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्ला कमिटि उपाध्यक्ष धनलाल योञ्जन, राम बहादुर बुढाथोकि, सचिव लालसिङ घिसिङ, उपसचिव किरण मोक्तान,दिपक बुढाथोक,गणेश बाबु खड्का,सरिता खाती,तिलक कार्की, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य एवंम नेपाल पत्रकार महासंघ रामेछाप जिलाको उपाध्यक्ष कैलाश खत्री नेकपा (एकीकृत समाजवादी) रामेछाप-काठमाण्डौ सम्पर्क मंचका अध्यक्ष सुवास चन्द्र खत्री,सचिवालय सदस्यहरु,पार्टी कार्यकर्ताहरु,हास्य कलाकार सुबोध गौतम (एकदुमे),लोकदोहोरी गायिका बिन्दा परियार, समाजवादी गायक तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भीमसेन खतिवडा,संचारकर्मीहरु,सुरक्षाकर्मीहरुको साथै स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रेम आलेले रामेछापमा पर्यटकीय स्थलहरुको विकासकोलागी आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्दता गरेका छन।नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीलाई मिलाएर लान नसकेको र कतिपय बिचौलियाले दुई नेता माधव र केपीलाई मिल्न नदिएको समेत जिकिर गरे। त्यसको बिद्रोह गर्दै नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) स्थापना गरेको र पार्टी अध्यक्ष माधव नेपालले रगत पसिना बगाएर पार्टिलाई यो ठाउँसम्म ल्याईपुर्याएको बताउदै यसलाई संरक्षण गरि अगाडी बढाउन पार्टीका हरेक नेता कार्यकर्ताले अहम भूमिका निभाउनु पर्नेमा जोड दिए।पार्टीका कुनै पनि नेता कार्यकर्ता कत्ति पनि बिचलित नहुन र निडरताका साथ आफ्नो लक्ष्यमा पुग्न अगाडी बढ्न समेत आग्रह गरे,त्यसकोलागि जस्तोसुकै परिस्थितिमा साथ दिन आफु तयार रहेको मन्त्रि आलेले बताए। आफुले मन्त्रि पद ग्रहण गरेदेखिनै ईमान्दारिताकासाथ काम गर्दै आएको र ईमान्दारिताकासाथ काम गर्नुकोसाथै कुनैपनि हालतमा भ्रष्टाचार हुन नदिने र भ्रष्टाचारिलाई कडा भन्दा कडा कारवाहीको दायरामा ल्याउने र पार्टी अध्यक्षले जनताको सेवाकोलागि सुम्पेको जिम्मेवारी पार्टी र नेता कार्यकर्ताको शिर उच्च पार्नेगरी देश र जनताको निमित्त ईमान्दारिताकोसथ काम गर्ने प्रतिबद्दता समेत जनाए।खाँडादेवी मन्दिर विकास समिति गठन गर्नकोलागि चाडो भन्दा चाडो कागजपत्र सहित आउन आग्रह गर्दै त्यसको स्वीकृति गराइदिने समेत स्थानियाहरुलाई बिश्वाश दिलाए।साथै रामेछाप मन्थली एरपोर्टमा नियमित उडान गर्नेगरी ब्यबस्था मिलाउने समेत जानकारी गराए।

कार्यक्रमलाई संबोधन गर्दै रामेछाप जिल्ला ईन्चार्ज देवशंखर पौडेलले रामेछापको अग्लेश्वोर,आलामपुर भीमसेन,खाँडादेवी,जस्ता ऐतिहासिक भूगोल रहेको यस ठाउँ वरिपरि मानव सभ्यताका धेरै पुराना कथाहरु,किम्बदन्तीहरु पाईने र यहाँको गुफाहरुको प्रचारप्रसार गर्न सकेमा यस ठाउँलाई महत्वपूर्ण पर्यटकीय स्थल बनाउन सक्ने बताए। कार्यक्रम चल्दै गर्दा केहि बिपक्षीले कुल्ली ज्यामी बटुलेर कार्यक्रम गरेको भनि फेसबुक स्ट्याटस लेखेपछि नेता पौडेलले जवाफ दिए “हो हाम्रो भेला कुल्ली ज्यामिकै भेला हो र हामी यहि कुल्ली ज्यामिकै प्रतिनिधि हौँ।” तिनीहरु(बिपक्षीहरु) कुल्ली ज्यामीको पक्षमा नभएको र आफुहरु सधै कुल्ली ज्यामीको हक र हितकोलागि लडिरहने समेत बताए।

बिरोधीहरुलाई लक्षित गर्दै उनले भने साईबर सेनाको ब्यारेक सक्रिय रहेको र जनातालाई भ्रममा पारेर आफ्नो पक्षमा ल्याउन खोजिरहेका छन।नेपालको कम्युनिष्ट आन्दोलनलाई निश्चित गन्तब्यसम्म पुर्याउनकोलागि नेकपा एकीकृत समाजवादी लागि परेको र आफुहरु कुनै पद र नियुक्तिकोलागि नहिडेको र प्राप्तिको लडाई नलडेको बताए, आफुहरु व्यक्तिगत प्राप्ति भन्दा आम जनताको प्राप्तिकोलागि लागि परेको बताउदै मर्नुभन्दा अगाडीसम्म पनि यहि प्राप्तिकोलागी लडिरहने र त्यो आन्दोलनको नेतृत्व गरेर त्यसको शिखरमा पुर्याउने प्रतिबद्दता जनाउदै बाहिर अरुले के भन्छ भनेर कुनै पनि कुराको ख्याल नगरी आम नागरिकको भलाईकोलागि निरन्तर लागि रहन पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरे।

कार्यक्रमका अतिथि बिजय गुरुङले सम्बोधन गर्दै नेपालमा कम्युनिष्ट आन्दोलन गर्ने संस्थापक नेता पुष्पलालको जिल्लामा पाईला टेक्न पाउँदा खुशीले गदगद भएको बताए आफुले नीति बिधि,विचार,आबद्द भई नेकपा एमालेबाट बिद्रोह गरि नेकपा(एकीकृत समाजवादी) मा आएको र नीति,विचार,भावनाले जोडिएका सम्पूर्ण नेता कार्यकर्तालाई भोलिको समाजवादको बाटो हुदै साम्यवादको चाहना गरेर अगाडी बढ्न समेत आग्रह गरे। नेपालको कम्युनिष्ट आन्दोलनको ईतिहासमा केहि सत्तामा र केहि सडकमा भएतापनि नेपालको ईतिहासमा जनता र पार्टीहरु मिलेर ल्याएको गणतन्त्रलाई केपी ओलीले सखाप पार्न खोजेको र लेन्डुप दोर्जे बनेका केपी ओली प्रवृत्तिको बिद्रोहमा सबै जनताहरु एकीकृत भएर अगाडी बढ्न आग्रह गरे।

कार्यक्रममा उपस्थित अर्का अतिथि होम बुढाथोकीले आफुहरु ऐतिहासिक घडीमा उभिएको र जनताको समस्याको समाधान नभएकोले बिद्रोह गरि जनताको समस्याको समाधान गर्नकोलागि जनतासंगै हातेमालो गर्दै अगाडी बढ्ने बताए। केहि जनप्रतिनिधिहरुलाई लक्षित गर्दै उनले भने सरकारी बजेटको उपयोग गरेर गरेका कामहरुलाई मैले गरेको भन्दै जनतालाई भुल्लाई रहेको बताउदै जति विकास गर्नुपर्ने हो त्यो भएको छैन।१०-२० जना लट्ठक बटुलेर ठुला कुरा गर्दै हिड्ने तेस्त अपराधीहरुलाई तह लगाउन पार्टीका नेता कार्यकर्ता एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिए।कार्यक्रमलाई संवोधन गर्दै रामेछाप जिल्ला कमिटि सचिव लालसिङ घिसिङले भने नेपालको कम्युनिष्ट ईतिहासमा हिजोको ईतिहासमा कम्युनिष्ट आन्दोलन बचाउने पुष्पलाल थिए भने आजको ईतिहासमा कम्युनिष्ट आन्दोलन बचाउने जिम्मा माधव नेपालको काधमा छ।

यो भुमि कुनै माफिया र दलालको भुमि नभई पुष्पलालको भुमि रहेको र सबैलाई पुष्पलालको पक्षमा हिड्न आग्रह गरे,पुष्पलालको पथमा हिड्नकोलागि सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्दै अब जनता नेकपा(एकीकृत समाजवादी) मा गोलबद्द हुन जरुरि रहेको बताए। यसको साथै केहि प्रतिक्रियावादीले हाम्रो भविष्यको चिन्ता गरेको बताउदै कार्यक्रम मार्फत प्रतिक्रियावादिलाई जवाफ दिदैं उनले भने “अब हाम्रो होईन तपाईहरुको भविष्यको चिन्ता गर्नुहोस।” त्यस्तै रामेछापमा विद्रोहको ज्वारभाटा उभ्याउने समेत चेतावनी दिए । केपी ओली जस्तो तानाशाही र स्वईच्छ्याचारीबाट बिद्रोह गरि नेकपा (एकीकृत समाजवादी) पार्टी खडा गरेको र जस्तोसुकै परिस्थिति आईपरेपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई सहि मोर्चामा पुर्याउने बताए।

कार्यक्रममा उपस्थित कलाकारहरुले आफ्नो-आफ्नो प्रस्तुति दिएर नेता, कार्यकर्ता लगाएत स्थानियहरुलाई मनोरन्जन प्रदान गरेका थिए।

कार्यक्रमको अन्त्यमा नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.७ मा अमर राणा मगरको अध्यक्षतामा ३५ सदस्यीय खाडादेवी वडा कमिटि गठन गरिएको हो।

 

Previous Post

पत्रलेखासँग वैवाहिक बन्धनमा बाँधिए अभिनेता राजकुमार राव

Next Post

Professional Learning Course in Sanitation (PLCS) – Program Completion Ceremony

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
Professional Learning Course in Sanitation (PLCS) – Program Completion Ceremony

Professional Learning Course in Sanitation (PLCS) - Program Completion Ceremony

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist