बलिउड अभिनेता राजकुमार राव वैवाहिक बन्धनमा बाँधिएका छन् । उनी प्रेमिका पत्रलेखा पलसँग विवाह बन्धनमा बाँधिएका हुन् ।
उनीहरु आफ्ना नजिकका परिवारका सदस्य र साथीहरूको उपस्थितिमा विवाह बन्धनमा बाँधिएका हुन् । चण्डीगढमा उनीहरुको विवाह भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।
विवाहको तस्बिर सेयर गर्दै रावले लेखेका छन्, ‘अन्ततः ११ वर्षको प्रेम, रोमान्स, मित्रता र रमाइलो पछि आज मैले मेरो सोलमेट, मेरो सबैभन्दा मिल्ने साथीसँग विवाह गरेँ ।’