२७ बैशाख २०७९ काठमाण्डौ-रामेछापको सुनापतिमा नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिकाले भब्य चुनावी सभा सम्पन्न गरेको छ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबोल गजुरेलको उपस्थिति रहेको थियोभने बिशेष अतिथिको रुपमा माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज चौलागाईं संबिधान सदस्य डिल्लीमान तामाङ सुनापति गाउँपालिका अध्यक्ष धावा लामा लगायत माओवादी केन्द्रबाट सुनापति गाउँपालिका अध्यक्ष उम्मेदवार ठुलो कान्छा तामाङ,उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईंको,पाँच वटै वडाका वडा अध्यक्ष उम्मेदवार लगायत अन्य नेता कार्यकर्ताकोसाथै स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि हरिबोल गजुरेलले सुनापतिमा माओवादीको उपस्थितिलाई उत्साहजनक रहेको र सुनापतिमा माओवादी केन्द्रको जित सुनिश्चित रहेको बताए।अन्य पार्टीले नेकपा माओवादी केन्द्रलाई हराउनकोलागि अनेक जालझेल गरेता जनताको सेवाकोलागी नेकपा माओवादी केन्द्रले कुनै पनि हालतमा चुनाव जित्नु पर्नेमा जोड्नु दिए।नेकपा एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउने कार्य तिर लागिपरेको र एमालेले जनतालाई झुटो आश्वाशन छरेर भ्रम फैलाउदै हिडेको बताए।अहिलेको गणतान्त्रिक नेपाल स्थापनाकोलागी,महिला हक अधिकारकोलागी,समावेशी समानताको उपलब्धिको मुख्य कारकनै माओवादी केन्द्र रहेकोमा जोड दिदै व्यवस्था बदलेउ अब अवस्था बदल्नकोलागि उपस्थित जन समुदायलाई आगामी बैशाख ३० को स्थानिय चुनावमा माओवादी केन्द्रलाई अत्याधिक मत दिएर जिताउन समेत आग्रह गरे।
बिशेष अतिथि युवराज चौलागाईले सुनापतिमा नेकपा माओवादी केन्द्रले जित हासिल गरिसकेको र अब घोषणा मात्रै गर्न बाकि रहेको बताए।सुनापतिमा अन्य दलको मिलेमतो भएतापनि माओवादी केन्द्र एक्लैले जित हासिल गर्ने बताए तसर्थ कत्ति पनि नआत्तिकन कतै पनि नअल्मलिकन आगामी बैशाख ३० गतेको चुनावमा माओवादी केन्द्रलाई अत्यधिक मत दिएर जिताउन उपस्थित जना समुदायलाई आग्रह गरे।
अर्का बिशेष अतिथि धावा लामाले आफ्नो आर्यकालमा बिपक्षीहरुले आफुलाई अनेक झुटो लालछना र भ्रष्टाचारिको आरोप लगाएकोमा आपति जनाएका छन।जनताको सेवा गर्दाको क्रममा आफुले भ्रष्टाचार गरेको प्रमाणित गरेमा जस्तोसुकै सजाय भोग्न तयार रहेको समेत बताए।बैशाख ३० को निर्वाचन पाश्चात नेकपा (माओवादी केन्द्र) ले जित हासिल गर्ने र जेष्ठ ५ गते पछि आफु पालिका अध्यक्षको कुर्शी छोडेर जनताको सेवामा निरन्तर लागि पर्ने र सुनापतिमा कुनै पनि हालतमा माओवादी केन्द्रले जित हासिल गरेमा आफु बिश्वस्त रहेको बताए।
नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष उम्मेदवार ठुलो कान्छा तामाङले उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै समग्र सुनापतिको विकास र सुनापतिवासिको जीवन स्तर उकास्नकोनिम्ति आफुले गाउँपालिका अध्यक्ष को उम्मेदवारि दिएको र समग्र सुनापति जनताले आफुलाई अत्याधिक मत दिएर जिताउनेमा आफु बिश्वस्त रहेको बताए।माओवादीको लाल किल्ला सुनापतिमा आफुहरुलाई हराउनकोनिम्ति विपक्षीले अनेक बितण्डा मच्चाई रहेको र जनतालाई भ्रामक कुराहरु फैलाईरहेको बताए।अन्य पार्टीहरुले जतिसुकै षड्यन्त्र गरेतापनि बिगतमा माओवादी केन्द्रले जनताकोलागि गरेको सेवा र कामको मुल्यांकन गर्दै जनताले बहुमत दिएर आफु र आफ्नो पार्टीलाई जिताउनेमा आफुहरु बिश्वस्त रहेकोमा जोड दिए।पालिका अध्यक्षमा जितेर सुनापतिमा पिच सडकको निर्माण,शिक्षा,स्वास्थ्य,खानेपानी,रोजगारी सृजना,कृषि लगयतमा सकारात्मक कार्य गर्ने प्रतिबद्दता ब्यक्त गरे।
नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईंले समग्र सुनापति गाउँपालिकाको विकासको बिषयमा जोड दिईन बिगतको ५ बर्षमा आफु पालिकाको उपाध्यक्ष भएर धेरै कुराहरू सिकेर कामको अनुभव बटुलेको र अबको निर्वाचनमा जितेर थप विभिन्न बिकासका कार्यहरु गर्ने र सुनापतिमा महिला हक अधिकार,पिच सडक निर्माण,कृषक पेन्सन,शिक्षा,स्वास्थ्य,रोजगारी सिर्जना लगायतको बिषयलाई मुख्य प्राथमिकतामा राखेर सदैब जनताको सेवामा लागि पर्ने प्रतिबद्दता ब्यक्त गरिन।जस्कोलागी आफुहरुलाई अत्यधिक मत दिएर बिजयी गराउन उपस्थित जनसमुदायलाई आग्रह गरिन।













