रामेछाप । रामेछाप जिल्लाको सुनापति गाँउपालिका वडा न.१ को वडा अध्यक्षको पदमा नेपाली कांग्रेसबाट ध्रुब प्रसाद चौलागाईले जितेका छन् । उनले नेकपा माओवादी केन्द्रका निकटतम प्रतिद्धन्द्धी चण्डेश्वर चौलागाईलाई पछि पार्दै विजयी भएका हुन् ।
ध्रुब चौलागाईले ९३२ मत पाउदा माओवादीका चण्डेश्वर चौलागाईले ९१७ मत प्राप्त गरेका थिए ।
वडा अध्यक्ष कांग्रेसमा ध्रुब प्रसाद चौलागाईसँगै ४ जना वडा सदस्यमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ । महिला सदस्य डोल कुमारी तिमल्सिना, दलित महिला रिता कामी धमला, खुल्लामा चन्द्र बहादुर टिटुङसहित भीम प्रसाद चौलागाईले जित हासिल गरेका हुन् ।
त्यस्तै निर्वतमान अध्यक्ष चण्डेश्वर चौलागाईले वडा अध्यक्षको पदमा निर्वाचित भएका ध्रुब प्रसाद चौलागाईलाई बधाई दिदै आगामी दिनमा सहकार्य गरि अघि बढ्ने बताए ।















