धनकुटा । धनकुटाकाे चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ। मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेका मगरको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार गरिएको मतगणना अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही उनी विजयी भएका थिए ।