रामेछाप – सुनापति गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष ठुलोकान्छा तामाङ र उपाध्यक्ष गीता बिष्ट चौलागाईले आज पदभार ग्रहण गरेका छन् ।
पालिकाको अध्यक्ष र उपाध्यक्षसँगै पाँचवटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरु सबैले पदभार ग्रहण गरेका हुन् ।

सोमबार सुनापति गाँउपालिकामा एक कार्यक्रम आयोजना गरि उक्त पदभार कार्यक्रम सम्पन्न गरिएको हो ।













