काठमाडौँ – सुनापति गाउँपालिका वडा न. ५ खनियापानीस्थित बस दुर्घटनामा परेका सुनापति गाउँपालिकाको मृतकको परिवारलाई ३० हजार नगद राहत प्रदान गरिने भएको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जानकारी दिए।
सुनापति गाउँ कार्यपालिकाको कार्यालयले विज्ञप्ति समेत जारी गर्दै मृतकका प्रत्येक परिवारलाई ३०/३० हजार दिने र घट्ना घटेको दिन घाइतेहरुको उद्दारमा लागेको सम्पूर्ण खर्च पालिकाले व्यहोर्ने जनाएको छ ।
मंगलबार बिहान करिब ९:३० को आसपासमा रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा न. ५ खनियापानीमा बा ३ ख ८३९६ नम्बर को बस दुर्घटनापरि घट्ना स्थलमा ९ जना र उपचारको क्रममा ४ जना गरि १३ जनाको मृत्यु भएको छ भने घाईते २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
विज्ञप्ति-









