२२ असार २०७९ रामेछाप-मंगलबार बिहान करिब ९:३० को आसपासमा रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा न. ५ खनियापानीमा बा ३ ख ८३९६ नम्बर को बस दुर्घटनापरि घट्ना स्थलमा ९ जना र उपचारको क्रममा ४ जना गरि १३ जनाको मृत्यु भएको छ भने घाईते २१ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।
बसको चालक जिल्ला प्रहरी कार्यालय रामेछापको नियन्त्रणमा रहेको र सह- चालक उपचार पश्चात डिस्चार्ज भएको र चालकलाई सामान्य चोट पटक लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले सुनौलोपानालाई जानकारी गराएको छ।चालकले प्रहरीलाई दिएको बयान अनुसार बसमा ३६-३७ जना यात्रु रहेको र बसको ब्रेक फेल भई उक्त दुर्घट्ना हुन पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापसँगको कुराकानीमा खुलेको छ।घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ।