चैत ५,२०८२,बिहिवार,काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता अपनाउन आग्रह गरेका छन।
बुधबार अभिमुखीकरण कार्यक्रममा पुगेर लामिछानेले आफ्नो क्षेत्रमा सांसदहरूलाई अब्बल हुन बताउँदै सरकार बनेको बेलुकाबाट ढाल्न विभिन्न शक्तिहरू परिचालित हुने बताए।
सरकार बनेको बेलुकाबाट सरकार ढाल्न विभिन्न शक्तिहरू लाग्छन् यसमा तपाईँहरू सचेत हुनुपर्छ। यो साहिदहरूले रगत बगाएर आएको चुनाव हो। यसमा जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नु ।’ लामिछानेले भने,’सञ्चारमाध्यममा बोल्न रमाइलो लाग्छ आफ्ना बारेमा समाचार आउँदा रमाइलो लाग्छ तर भोट दिएका जनताले तपाईंले के बोल्नुहुन्छ र के गर्नुहुन्छ ख्याल गरिरहनु भएको छ । आफूले दिएको अभिव्यक्तिले कुन क्षेत्रमा के प्रभाव पारेको छ त्यसलाई निर्क्योल गर्नुहोला। जिम्मेवार सांसद जिम्मेवार राजनीतिकर्मी र जिम्मेवार प्रतिनिधिसभाको सांसद भएको नाताले सबै कुराहरू ख्याल गर्नुहोस।’
उनले अगाडि भने, ‘तपाईँहरू जिम्मेवारी भन्दापछि हटेर पहिलाको जस्तै अभिव्यक्ति दिन्छु भन्नुहुन्छ भने तपाईँहरू सांसदको भूमिकाबाट अलगिनुहोस।’








