२०८१ भदौ ८ शनिवार, काठमाण्डौं- लामो समयदेखि सार्वजनिक रुपमा आफूलाई लुकाएर लोभलाग्दो क्रेज बनाएकी गायिका विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत रिलिज भएको छ।
‘पुलतीको भट्टी’ भाग २० को रूपमा विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युब च्यानलमा शनिबार बिहान गीत सार्वजनिक गरिएको हो।
यस गीतमा माझीकाे एकल स्वर छ भने अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन।
यो गीतमा तीजमा माइत जान नपाएकी चेलीले आमालाई पठाएको सन्देश समेटिएको छ।
भिडियोमा ललिता पौडेल फिचर्ड छिन। यसअघि ‘चरी जेलैमा’ को भिडियोमा पनि ललितानै फिचर्ड थिइन।
गीतमा माझीकै श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत साथै निर्देशन छ।
आशिष अविरलको एरेन्ज, मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन।








