काठमाडौँ – सुनापति गाउँपालिकाका निवर्तमान अध्यक्ष धावा लामाले आफ्नो ५ वर्षीय कार्यकालमा निकै सुधारात्मक कार्य भएको बताएका छन्। असार मसान्तमा २०८०को बजेट प्रस्तुत कार्यक्रममा बोल्दै उनले २७ हजार स्थानीय बासीको नेतृत्व गर्दै सुधारात्मक काम गरेको बताए।
सुरुमा आउँदा एउटा कार्यालय राख्ने ठाउँ पनि नभएको गाउँपालिकाको अवस्थामा रातदिन खटेर विकासको काममा लागि परेको उनले भनाइ छ । उनले कार्यकालमा भएको कमीकमजोरी भएको कुरामा भोग्न तयार भएको बताउँदै सबैको सल्लाह सुझावमा नै नयाँ-नयाँ कार्य योजना बनाइ काम गरेको जनाए।
बजेटहरु क्रमागत रुपमा बढ्दै गएको उनले बताए। निवर्तमान लामाले अहिले ल्याएको बजेट राम्रो रहेको र बजेटमा काम गर्न शुभकामना दिएका छन्। उनले आफ्नो कार्यकालमा ६६ लाख मात्रै बेरुजु रकम रहेको दावी गरे । बाँकी देखिएको बेरुजु रकम पहिला देखि कै रहँदै आएको उनको भनाइ छ।
हाल गाउँपालिकाले करिब ६० करोड बजेट प्रस्तुत गरेको छ ।
हेर्नुहोस भिडियो :
![५ वर्षीय कार्यकालमा धेरै सुधारात्मक कार्य भए : निवर्तमान अध्यक्ष लामा [भिडियो]](https://sunaulopana.com/wp-content/uploads/2022/07/Capture-1-666x375.jpg)










