काठमाडौँ -देशभर थप ४५६ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
पछिल्लो समय दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ८० जना संक्रमित निको भएका छन्।