लास जलाउने सपना मगरको बुबाआमा पहिलोपटक मिडियामा आएका छन्। केहि समय अघि आफ्नो बाल्यकाल कसरी गुज्रिएको भन्दै बारेमा उनले मिडियामा बताएका थिइन्। समाजसेवी विनयजंग बस्नेतसँग मिलेर लास जलाउँदै आएकी उनले सानो बेलामा बाबु-आमालाई निकै दुख दिएको भन्दै गुनासो पोखेकी थिइन्।
उनी कर्म दिने बाबुको रूपमा विनय जंग बस्नेतलाई मान्ने गर्छिन। उनी समाजिक अभियान्ता बस्नेतसँग हातेमालो गर्दै उनी लास जलाउने देखि लकडाउनको समयमा सडकपेटीमा बस्ने भोकै रहेका मानिसहरुलाई खाना खुवाउने र सकेको सेवा गर्ने काम समेत गर्दै आएकी छिन्। उनका बाबुआमाले आफ्नो छोरीको कार्य निकै राम्रो र उनी निकै सहासी रहेको उनीहरुको भनाई छ।
विनय उनलाई छोरा भन्दा पनि छोरी भन्न रुचाउँछन। बस्नेतले सपनाको बुबाआमाको बारे बताउँदै भन्छन्, ‘सपनाको बुबाआमा मेरो पनि परिवार हुन्। उहाँहरु सोझो हुनहुन्छ। र हामीलाई साथ् सहयोग हौसला दिंदै आउनुभएको छ।’
छोरीलाई डाक्टर बनाउने मन भए पनि हालको उनको कार्यबाट पनि सन्तुष्टि मिलेको सपनाकी आमा बताउँछिन्।