काठमाडौं : पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ५६ जनाको कोरोना परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ भने ३ सय ५० जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।
हालसम्म देशभर ११ हजार ६१७ जना संक्रमितको मृत्यु भइसकेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो थप ४ लाख ३५ हजार १९३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।