काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ८६९ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८२७ जनामा संक्रमण देखिएको हो ।
१३ हजार ७९१ जनाको आरटी-पीसीआर परीक्षणबाट ४ हजार ८०७ जनामा र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जनामा कोरोना संक्रमण पहिचान भएको हो ।
परीक्षण गरिएका नमुनामध्ये ३४.३६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।