पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। ३ हजार ३ सय ५६ जनामा गरिएको परीक्षणमा १२जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै सोही अवधिमा १३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभर कोरोना संक्रमितको सङ्ख्या १ सय १० रहेको छ।