काठमाडौं – सरकारले सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिने भएको छ ।
आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् ।
शर्माले २५ जिल्लाका सुत्केरी महिलालाई पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिए । उनले मानव सुचकांकमुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई ५ हजार रुपैयाँ पोषणभत्ता दिइने बताए ।