फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् । उनले शनिबार आफूले राजनितिबाट संन्यास लिने घोषणा गरेका हुन् ।
‘आज म राजनीतिबाट संन्यास लिने घोषणा गर्छु,’ राष्ट्रपति दुतेर्टेले भने । यसपटक दुतेर्तेले छोरी सारा दुतेर्ते कार्पियोलाई आगामी वर्षको राष्ट्रपति पदका लागि अघि सार्नसक्ने बताइएको छ ।
दुतेर्टेले २०२२ निर्वाचनमा आफ्ना उम्मेदवारका पक्षमा अभियान चलाउने बताइएको छ । २०२२ को निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन राष्ट्रपति लाग्ने प्रवक्ताले भनेका छन् ।