काठमाडौँ – थप ४ हजार ५ सय २२ जनामा कोभिड-१९ पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोभिड-१९बाट ज्यान गुमाउने संख्या ८ हजार ८ सय १३ पुगेको छ ।
यता, पछिल्लो २४ घण्टामा ४ हजार 9 सय ५४ जना कोभिडमुक्त भएका छन् । यससँगै उपचारपछि कोभिडमुक्त हुने संख्या ५ लाख ६४ हजार ८ सय ८२ पुगेको छ ।