काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ–९ भण्डारी गार्मेन्टस्थित एक घरमा २७ बर्षीय गणेश भण्डारीको रहस्यमय मृत्यु भएको छ। उक्त घटनालाई आत्महत्या भनिएको भएता पनि मृतकका आफन्तहरुले हत्या नै भएको भन्दै घटनाको छानविन गर्न सडकमा उत्रिएका छन्।
उनी घरेलु कामदारको रुपमा बुढानिलकण्ठ–९ स्थित एक घरमा बस्दै आएका थिए। उक्त घरमा उनलाई असार १६ गते बिहान आठ तीस बजे अचेत अवस्थामा फेला परेका थिए ।
उनी अचेत अवस्थामा हुँदा तत्कालै घरभेटीले अस्पताल नपुर्याएको र प्रहरीलाई खबर नगरेपछि घटना रहस्मय बनेको आफन्तहरुको भनाइ छ । घरधनी नै घटनाका दोषी भएको भन्दै आक्रोशित आफन्तहरु सडकमा उत्रिएका हुन्। उनीहरु विगत ४ दिन देखि ‘हतियारालाई कारवाही गर्दै गर’ भन्दै आन्दोलनमा उत्रिएका छन् ।
हेर्नुहोस भिडियो :