काठमाडौँ – सरकारले भोलिदेखि नै कोभिड खोप भेरोसेलको पहिलो डोज र जोन्सन एण्ड जोन्सनको खोप अभियान सञ्चालन गर्ने दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले मंगलबारबाट भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप अभियान सञ्चालन गर्ने दिने निर्णय गरेको हो।
भेरोसेलको पहिलो चरणमा ५५ बर्ष देखि माथिका खोप पाउन सबै व्यक्तिलाई भेरोसेल खोप दिने निर्णय गरेको छ ।
यस्तै, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुलाई पनि यसैपटक भेरोसेल खोप दिईदै छ ।
सरकारले तोकेको अत्यावश्यक सेवामा सम्लग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई पनि खोप दिने निर्णय गरेको छ ।
यस्तै, कोभ्याक्स सुविधा अन्तरर्गत आएको जोन्सन एण्ड जोन्सनको जानसेन खोप ५० देखि ५४ बर्ष उमेर समूहका लागि लगाउने निर्णय भएको छ। यो खोप पूर्ण र अति अशक्त अपांगता भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु, यसअघि खोप लगाउन छुटेका स्वास्थयकर्मी तथा सरसफाईकर्मीलाई दिइने समेत सुनाए । यो खोप एक डोज लगाए मात्रै पुग्छ ।