सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका बिसीले मतदातालाई पैसा बाँडेको सूचना आएपछि प्रहरीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो। बुधबार राति वडाको एक वस्तीमा रहेका मतदाताको घरमा पुगेर उम्मेदवार बिसीले पैसा बाँडिरहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएका उम्मेदवार बिसीलाई हाल गुर्भाकोटमै रहेको ईलाका प्रहरी कार्यालयमा राखिएको छ।